ad ad

कारोबार


पाँच व्यावसायिक घराना र दुई व्यक्तिविरुद्ध ७७ करोड बढी बिगो राखी मुद्दा दर्ता

पाँच व्यावसायिक घराना र दुई व्यक्तिविरुद्ध ७७ करोड बढी बिगो राखी मुद्दा दर्ता

नेपालखबर
असार २४, २०७७ बुधबार १५:५३,

राजश्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी र झुट्ठा तथा नक्‍कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा पाँच वटा व्यावसायिक घराना र दुई जना व्यक्तिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागले ति फर्म तथा व्यक्तिहरु उपर ७७ करोड ४ लाख १३ हजार २२० रुपैयाँ विगो कायम गरी विगो असुल उपर एवं कैद सजाय समेतको माग दावी लिई मुद्दा दायर गरेको हो।

विभागका अनुसार झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक प्रयोग गरी राजस्व छलि गर्ने न्यू कोइराला ब्रदर्स इन्टरप्राईजेज (स्थायी लेखा नं ६००५८९१७८) ले राजस्व चुहावट गरेको एक करोड ७० लाख १९ हजार आठ सय ५५ रुपैयाँ विगो कायम गरी उक्त विगो असूल उपर गरी गराई जरिवाना र कैद समेतको माग दावी लिई मुद्दा दायर गरिएको छ।

यस्तै, काठमाडौं महानगरपालिका महाबौद्धमा ठेगाना राखी कारोबार गर्ने समर ट्रेडर्स (स्थायी लेखा नं.६०५०२८८३६) विरुद्ध ४ करोड ५८ लाख २ हजार २ सय उनान्चालीस रुपैयाँ विगो असुल उपर गरी जरिवाना एवं कैद सजायको माग दावी लिई उच्च सरकारी वकिलको कार्यालय ललितपुरमा मुद्दा दर्ता गरिएको छ।

 यसैगरी, विदेशबाट मोबाइल लगायतका इलेक्ट्रोनिक्स सामानहरु चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसूरमा काठमाडौं महानगरपालिका–१५ स्थायी ठेगाना भई हाल टोखा नपा ग्राण्डी अपार्टमेन्टमा बस्ने मयूर मालाकार समेत २ जना उपर रु. ४३ करोड १८ लाख ९५ हजार चार सय ४१ रुपैयाँ बिगो कायम गरी बिगो असुल उपर गरी गराई जरिवाना र कैद सजायको मागदावी लिई उच्च अदालत, पाटनमा मुद्दा दायर गरिएको छ।

यस्तै, झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छलि गर्ने काठमाडौं महानगरपालिका–४ ठेगाना भएको जिमी ग्रुप प्रालि (स्थायी लेखा नं. ६०३५७१०४८) विरुद्ध रु. १८ करोड ३३ लाख विगो असुल उपर गरी जरिवाना एवं कैद सजाय हुन मागदावी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ।

विभागका अनुसार झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छलि गर्ने ललितपुर महानगरपालीका–३ स्थित न्यू क्रियसन इम्पेक्स प्रालि (स्थायी लेखा नं. ६००४२३९७३) तथा बंगलामुखी ट्रेड एण्ड सप्लाई (स्थायी लेखा नं.३०२०७९८०७) र काठमाडौं महानगरपालिका वडा नं. २८ स्थित बिएस ट्रेड इन्टरनेशनल (स्थायी लेखा नं. ३०२६७१६३४) ले राजस्व चुहावट गरेको नौ करोड २३ लाख विगो असुल उपर गरी जरिवाना एवं कैद सजाय समेत हुन मागदावी लिई सोही अदालतमा मुद्दा दर्ता गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .