ad ad

समाज


वैज्ञानिक भन्छन्ः कोरोनाका कारण दिमागमा समेत यस्तो गम्भीर रोग लाग्ने खतरा!

वैज्ञानिक भन्छन्ः कोरोनाका कारण दिमागमा समेत यस्तो गम्भीर रोग लाग्ने खतरा!

नेपालखबर
असार २४, २०७७ बुधबार १५:४९,

कोरोना भाइरसका कारण गम्भीर मानसिक रोगसमेत लाग्ने सम्भावना देखिएको वैज्ञानिकले बताएका छन्।

युनिभर्सिटी कलेज लन्डनको एक अनुसन्धानले कोरोनाका ४३ बिरामीको मस्तिष्कमा गम्भीर समस्या भएको देखाएको हो। उनीहरूमा दिमाग सुन्निने साथै मनोविकृति र बेहोसीमा बरबराउने समस्या देखिएको वैज्ञानिकको भनाइ छ।

अनुसन्धानअनुसार बिरामीको मस्तिष्कले कामै गर्न नसक्ने, दिमागको नसा नै क्षति हुने र अन्य समस्या देखिने अवस्थासमेत आउने देखिएको छ।

युनिभर्सिटी कलेज लन्डनका इन्स्टिच्युट अफ न्युरोलजीका डाक्टर माइकल जन्डीले कोरोनाको प्रवेशले मानिसको दिमागमा क्षति पुर्‍याउन सक्ने देखिएको बताए।

उनले भने, ‘सम्भवतः १९१८ को स्थिति आउन सक्छ। स्पेनिस फ्लुपछि सन् १९२० र १९३० को दसकमा मानसिक ज्वरो इन्सेफलाइटिसको प्रकोप देखिएको थियो।’

बीबीसीका स्वास्थ्य संवाददाता फर्ग्युस वाल्सले लेखेको रिपोर्टअनुसार कोरोना भाइरसका कारण मानिसले कैयौं किसिमका स्नायुसम्बन्धी समस्या आउन सक्ने देखिएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .