सूर्य नेपाल प्रालिले प्रदेश नं ५ कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ।
मुख्यमन्त्री शंकर पोखरेललाई प्रालिका उपाध्यक्ष रवि केसीले आज उक्त रकमको चेक हस्तान्तरण गरे।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले सूर्य नेपाललाई आफ्नो लगानी प्रदेश नं ५ मा पनि ल्याउन आग्रह गरे।
उपाध्यक्ष केसीले आफूहरुले प्रदान गरेको रकम विशेष गरी अस्पतालका भेन्टिलेटर र सघन उपचार कक्षका लागि प्रयोग गर्न आग्रह गरे।
प्रतिक्रिया