ad ad

कारोबार


नयाँ मौद्रिक नीतिलाई उद्योगपति र व्यवसायीको स्वागत, कसले के भने?

नयाँ मौद्रिक नीतिलाई उद्योगपति र व्यवसायीको स्वागत, कसले के भने?

नेपालखबर
साउन २, २०७७ शुक्रबार ११:६,

राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको मौद्रिक नीतिबाट उद्योगी र व्यवसायी खुसी भएका छन्। उद्योगी व्यवसायीहरु पशुपति मुरारका, शेखर गोल्छा र सौरभ ज्योतिले सामाजिक सञ्जाल ट्विटरमार्फत नयाँ मौद्रिक नीतिको स्वागत गरेका हुन्।

ट्विटरमा उद्योग वाणिज्य महासंघको नेतृत्वमा आउने पक्का भइसकेका गोल्छाले मौद्रिक नीतिले ‘हाम्रो अधिकांश माग पूरा गरेको’ प्रतिक्रिया दिएका छन्।

उनले पुनर्कर्जालगायतका प्रावधानले उद्यमी तथा पर्यटन क्षेत्रले राहत पाउने बताएका छन्। त्यस्तै ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधाले व्यवसायीलाई सहयोग पुग्ने उनको भनाइ छ। उनले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।

त्यस्तै मुरारकाले मौद्रिक नीतिले उद्योगी व्यवसायीको समस्या केही हदसम्म सम्बोधन गरेको बताएका छन्।

त्यस्तै सौरभ ज्योतिले पनि मौद्रिक नीतिलाई प्रगतिशील भनेका छन्। उनले पनि निजी क्षेत्रलाई कठिन परिस्थितिमा राहत हुने र दीर्घकालीन योजनासाथ आएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .