सरकारले आगामी भदौ १ बाट उडान प्रतिबन्ध हटाउने निर्णय गरेपछि कम्पनीहरुले टिकट बिक्री थालेका छन्।
निजी क्षेत्रको हवाइ कम्पनी बुद्ध एयरले मंगलबारबाट बुकिङ सुरु गरेको जनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खोल्ने निर्णय गरेको हो।
सरकारी निर्णयसँगै अब उडान कार्यविधि बनाएर उडान सुरु हुनेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले साउन १५ देखि होटल तथा ट्राभल खुल्ने भएकाले स्वास्थ्य प्रोटोकल बनाएर सुरक्षित उडानबारे मन्त्रालयले सरोकारवालासँग छलफल गरी निर्णय गर्ने बताएका छन्।
प्रतिक्रिया