ad ad

राजनीति


सभामुखलाई महिला नेतृहरुको प्रश्नः उपसभामुखको कुर्ची कहिलेसम्म खाली?

सभामुखलाई महिला नेतृहरुको प्रश्नः उपसभामुखको कुर्ची कहिलेसम्म खाली?

नेपालखबर
साउन ६, २०७७ मंगलबार ११:३०,

अन्तर पार्टी महिला सञ्जालले सभामुख अग्निप्रसाद सापकोटासँग उपसभामुखको निर्वाचन तत्काल गर्न माग गरेको छ।

प्रतिनिधिसभा सभामुखको निर्वाचन भएको लामो समय वित्दा समेत उपसभामुख पद रिक्त भएको प्रति सञ्जालले सभामुखको गम्भीर ध्यानाकर्षण गराएको महासचिव नीलम वर्माले बताइन्। उनले यथासिघ्र उपसभामुखको निर्वाचन गराउन पनि सभामुखसँग माग गरिन्।

संविधान कार्यान्वयनका क्रममा निर्माण भइरहेका कानूनहरु संघीय निजामति सेवा, शिक्षा सेवा, विशेष सेवा लगायतका विधेयकहरुमा पदपूर्ति सम्बन्धी व्यवस्थाको प्रावधान परिवर्तन गरी संविधानको भावना अनुसार महिला प्रतिनिधित्व वृद्धि हुने व्यवस्था गर्न पनि सञ्जालले अनुरोध गरेको छ।

सभामुख सापकोटाले आफू निर्वाचित भएपछि लगातार उपसभामुखको निर्वाचनका लागि सत्तारुढ दलका नेताहरुसँग छलफलमा रहेको बताए। प्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग भेटेर आफूले पटक पटक उपसभामुखको निर्वाचनका लागि कुरा राखेपनि अहिलेसम्म निर्वाचन हुन नसकेको बताए।

उपसभामुखको निर्वाचन गराउने आफ्नो मुख्य काम भएपनि सभामुखको हैसियतले प्रधानमन्त्री लगायतका नेताहरुसँग निरन्तर छलफल गरेपनि त्यसले सार्थकता नपाएको उनले बताए।

सञ्जालले राजनैतिक र राज्यका संरचनाका हरेक नीति निर्माण तहमा महिलाको अनिवार्य सहभागिता गराउन पनि सभामुखको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .