ad ad

कारोबार


जूम अब भायानेट मार्फत!

जूम अब भायानेट मार्फत!

नेपालखबर
साउन ८, २०७७ बिहिबार १४:४,

भायानेट, नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकले अब ल्याएको छ, जूम भिडियो कन्फ्रेन्सिङ एपको अफर!

जूमकोे भिडियो कन्फ्रेन्सिङ एपले यो लकडाउन र सामाजिक दूरीको समयमा व्यापक लोकप्रियता कमाइरहेको बेलामा अहिलेको आवश्यकतालाई बुझेर, भायानेटले नेपालको लागि जूमको आधिकारिक रिसेलर जिनिज सोलुशनसँग साझेदारी गर्दै जूमको पेड सदस्यता अफर गर्दैछ। भायानेटका ग्राहकहरुले भायानेट मार्फत् जूमको सदस्यता लिँदा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

नेपालभरि फैलिरहको कोभिड–१९ का कारण सबै संगठन र संस्थानहरु अहिले जूम जस्ता भिडियो कन्फ्रेन्सिङ/मिटिङ्ग एप मार्फत् आफ्नो दैनिक कार्य सञ्चालन गरिरहेका छन्।

जूम शैक्षिक संस्थानहरुका लागि अनलाइन कक्षाहरु सञ्चालन गर्न, कर्पोरेटको लागि मिटिङ्ग, कन्फ्रेन्स र रिमोट तालिम गर्न र प्रशिक्षक, प्रेरक वक्ताका लागि वेबिनारहरु गर्न प्रभावकारी छ। त्यसै हुनाले यस एपको पेड भर्जनले व्यक्ति र संघ–संस्थालाई महामारीको दौरान र पछि आफ्नो कार्यहरु सजिलै सञ्चालन गर्न उल्लेखनीय फाइदा र सुविधा प्रदान गर्दछ।

अनपेड सदस्यताको दाँजोमा पेड सदस्यताको केही फाइदाहरु रहेका भायोनेटले जनाएको छ। २४ घण्टे ग्रुप मिटिङ (अनपेडमा ४० मिनेट मात्र), होस्टले १००० सदस्यभन्दा बढी सदस्यमा अपग्रेड गर्नसक्ने वा १० हजार जना उपस्थित भएर हेर्न मात्र मिल्ने र स्पीच–टु–टेक्स्ड ट्रान्सक्रीप्शनद्वारा मिटिङको बुँदाहरु स्वतः उत्पादन हुने सुविधा पनि यसमा उपलब्ध छ।

यसको साथै भायानेट कम्यूनिकेशन प्रा.लि.ले, नेपालको अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायकले आफ्नो सेवालाई अझ राम्रो बनाउन र ग्राहकको आवश्यकतालाई पूरा गर्नको लागि अर्को एउटा कदम चालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .