ad ad

कारोबार


रिचार्जरमा ३५ रुपैयाँमै केएन९५ मास्क, सार्वजनिक सवारीलाई विशेष प्याकेज

रिचार्जरमा ३५ रुपैयाँमै केएन९५ मास्क, सार्वजनिक सवारीलाई विशेष प्याकेज

नेपालखबर
साउन ८, २०७७ बिहिबार १५:१४,

सरकारले लकडाउन खुला बनाएपछि मोबाइल एप रिचार्जरले आम प्रयोगकर्तालाई कोरोना संक्रमणको जोखिमबाट बच्न विभिन्न प्रकारका स्वास्थ्य सामग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराउने भएको छ।

विशेषगरी रिचार्जरले सार्वजनिक यातायातमा हुने भिडभाडलाई ध्यानमा राखेर यात्रु तथा सवारी चालकका लागि सुपथ मूल्यमा स्वास्थ्य सुरक्षासामग्रीहरु उपलब्ध गराउन लागेको ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए।

रिचार्जरले विश्व स्वास्थ्य संगठनले सर्टिफाइ गरेको एन ९५ मास्क ३५ रुपैयाँमा उपलब्ध गराउनेछ। त्यसैगरी कोभिड प्रतिरोधात्मक भिटामिन सीयुक्त डबल सी ब्रान्डको जुस १०० रुपैयाँमा एउटा किन्दा एउटा सित्तैमा उपलब्ध गराउनेछ। साथै रिचार्जरले सार्वजनिक यातायातका साधनका लागि आवश्यक स्वास्थय सामाग्रीको कम्बो ५ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने ग्लाइडरले जानकारी दिए।

रिचार्जरले कोरोना संक्रमण न्युनिकरणका लागि आवश्यक पर्ने मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, पर्शनल प्रोटेक्सन किट्स लगायतका सामान नाफा नोक्सान नहेरी सस्तो मूलयमा आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउँदै आएको छ।

रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटललगायत सबै क्षेत्रका लागि कोभिड प्रोटेक्टिभ प्रोडक्टहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आइरहेको छ। यसका साथै बीमा, बिजुली, इन्टरनेट, टिभीलगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ।

रिचार्जरबाट सामान किनेर एनआईसी एशिया बैंकको क्यू आर कोड, डेविट कार्ड तथा क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा १० प्रतिशत छुट पाइने व्यवस्था समेत गरिएको छ।

गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट पाउछन्। यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ। अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई छुटका रुपमा प्रयोग गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .