ad ad

समाज


कञ्चनपुरको ब्रह्मदेवमा वृक्षरोपण र तारबारमा भारतीय अवराेध

कञ्चनपुरको ब्रह्मदेवमा वृक्षरोपण र तारबारमा भारतीय अवराेध

गोकुल जोशी
साउन ८, २०७७ बिहिबार १४:३७,

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा वृक्षरोपण र सामुदायिक वनको जमिन घेरबारमा भारतीय पक्षले अवरोध सिर्जना गरेको छ।

सिद्धनाथ सामुदायिक वनले गरिरहेको वृक्षरोपण र घेरबार गर्ने कार्यमा भारतीय पक्षले अवरोध सिर्जना गरेको हो। दादागिरी शैलीमा आएका भारतको सशस्त्र सीमा बल (एसएसबी) का जवानहरुले ब्रह्मदेव बजार नजिकै वृक्षरोपण र घेरबार गर्ने कार्यमा अवरोध गरेका सिद्धनाथ सामुदायिक वनका अध्यक्ष हर्क बहादुर चन्दले बताए।

‘आफ्नै भूमिमा तारबार र वृक्षरोपण गरिरहेका थियौँ, भारतीय पक्षले भारतीय भूमि भन्दै काम गर्न दिएको छैन’ उनले भने।

ssb-abarodh.jpgएसएसबीले तारबार गर्दा अवराेध गरेकाे स्थान

एसएसबीले तारबार र वृक्षरोपण नगर्न चेतावनी दिए पनि स्थानीबासीको सहयोगमा आफूहरुले काम भने जारी राखेको उनले बताए।

‘भारतीय पक्षले काम रोक भनेको छ तर हामीलाई स्थानीको साथ मिलेको छ। हामीले काम जारी नै राखेका छौँ’ उनले भने।

भारतीय पक्षले आफ्नो भूमिमा पर्ने भन्दै वृक्षरोपण र तारबार गर्ने काम रोक्न चेतावनी दिए पनि घेरबार गर्ने काम गरेको स्थानीय नविन कलौनीले बताए।

‘एसएसबीले काम बन्द गर्न भन्यो तर हामीले आफ्नो भूमिमा नै घेरबार गरिरहेका छौँ, यो काम राेक्दैनौँ’ उनले भने।

bramhadeb-bazar.jpgब्रम्हदेवस्थित सिद्धनाथ सामुदायिक वन क्षेत्र

ब्रह्मदेव बजार नजिकैको क्षेत्रमा सीमास्तम्भ नहुँदा वर्षौदेखि विवाद छ। भारतीय पक्षले सामुदायिक वनको घेरबार र वृक्षरोपणको काममा अवरोध सिर्जना गरे पछि स्थानीय प्रशासनले बिहीबार स्थलगत अनुगमन गर्दै भारतीय समकक्षीसँग छलफल समेत गरेको छ।

सीमास्तम्भ नहुँदा ब्रह्मदेव क्षेत्रमा वर्षौदेखि सीमा विवाद रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका एसपी बिरसिंह साहुले बताए।

‘पिल्लर नहुँदा त्यहाँ विवाद छ। स्थानीयहरुले आफ्नो भूमि यतासम्म हो भन्छन्। भारतीय पक्षले यता (ब्रह्मदेव बजारतर्फ) आफ्नो भूमि भन्छन्’ उनले भने।

उनका अनुसार वृक्षरोपणमा कुनै बाधा सिर्जना नभएको तर घेरबार गर्दा भारतीय पक्षको चित्त दुखेको हो।

‘वृक्षरोपणमा त केही समस्या छैन तर घेरबार नगर्न भनेका छन्। स्थानीयहरुले घेरबार गरिसकेका छन्। भारतीय पक्षले तारबार उखेल्नुपर्ने भनिरहेका छन्’ एसपी साहुले भने, ‘हामी स्थानीय तथा भारतीय पक्षसँग पनि छलफलमा छौँ। छलफलबाट समस्याको समाधान खोज्ने प्रयत्न गर्दैछौँ।’

ssb3.jpg

भारतीय पक्षले केही दिन अघि पनि जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नं ८ पचुईमा पूर्व–पश्चिम हुलाकी राजमार्ग निर्माण कार्यमा अवरोध गरेकाे थियो। तर, स्थानीयले एसएसबीको सो कार्यको प्रतिवाद गरी सडक कालोपत्रे गरेका छन्।

याे पनि: दादागिरी शैलीमा ठूलो हुलसहित आएका भारतीयले रोके हुलाकी सडक निर्माण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .