ad ad

कारोबार


हातले नछोई सेनिटाइजर प्रयोग गर्न सकिने मेसिन बजारमा

हातले नछोई सेनिटाइजर प्रयोग गर्न सकिने मेसिन बजारमा

नेपालखबर
साउन १२, २०७७ सोमबार १२:१६,

विश्वभर कोरोनाभाइरसको महामारी र त्रास बढेसँगै मानिसहरु सुरक्षित हुने विभिन्न किसिमका तरिका र उपकरणहरुको खोजीमा रहेका छन्। यसमध्ये एक हो हातलाई सफा र सुरक्षित गर्ने ह्याण्ड सेनिटाइजर।

यही विषयलाई ध्यानमा राखेर स्मार्ट आर्कले नेपालमा कन्ट्याक्टलेस ह्याण्ड सेनिटाइजर उपकरण भित्र्याएको छ।यो नछोईकन नै सेनिटाइजर प्रयोग गर्न सकिने ह्याण्ड सेनिटाइजर उपकरण हो।

कम्पनीले ओकमिस्ट ब्राण्डको कन्ट्याक्टलेस ह्याण्ड सेनिटाइजर ल्याएको छ जसले कुनैपनि मानिसको हातलाई नछोईकन नै स्वचालितरुपमा सेनिटाइज गर्छ। कम्पनीले भारतमा निर्मित ओकमिस्ट ब्राण्डको ओकमिस्ट टचलेस सेनिटाइजर डिस्पेन्सर बजारमा ल्याएको हो।

यो टचलेस सेनिटाइजर डिस्पेन्सर भारतको रक्षा, अनुसन्धान तथा विकास संगठन (डिआरडिओ)सँग मिलेर रिओट ल्याबले उत्पादन गरेको जनाएको छ।

कोरोनाभाइरसबाट सुरक्षा गर्न र अधिक भिडभाड हुने स्थानमा आवतजावत गर्ने मानिसहरुको हात सेनिटाइज गर्न रिओटले डीआरडीओको सहयोगमा टचलेस सेनिटाइजर डिस्पेन्सर विकास गरेको हो।

यो टचलेस सेनिटाइजर डिस्पेन्सर निकै सुरक्षित रहेको छ भने यसमा भएको अल्ट्रासोनिक सेन्सरको आधारमा सञ्चालन हुने कम्पनीको दावी छ। यसले केबल १२ सेकेण्डमा स्वचालितरुपमा अल्कोहलमा आधारित ५ देखि ६ मिलिलिटरको सेनिटाइजरले मानिसको हातलाई स्यानिटाइज गर्न सक्छ।

स्मार्ट आर्क प्रालिका निर्देशक राहुल अग्रवालले अधिक भिडभाड हुने स्थानहरुमा ओकमिस्ट टचलेस सेनिटाइजर डिस्पेन्सर प्रयोग गर्न सकिने र यसले सयौं मानिसहरुको हातलाई दैनिकरुपमा सजिलै सेनिटाइज गर्न सक्ने बताए।

‘देशमा बढिरहेको कोरोनाभाइरसको संक्रमण र लकडाउन खुलेपछि शुरु भएको भिडभाडले जोखिम बढाएको छ। यस्तोमा नियमितरुपमा हातलाई सेनिटाइज गर्न आवश्यक हुन्छ। ओकमिस्ट टचलेस सेनिटाइजर डिस्पेन्सरले यसलाई सजिलो बनाउँछ,’ अग्रवालले भने।

यसमा प्रयोग गरिएको प्रविधिले सेनिटाइजरलाई खेर जान दिँदैन भने पटक पटक हातले सेनिटाइजर बक्सलाई छुनुपर्ने बाध्यता हटाएको छ।

ओकमिस्ट प्लस टचलेस सेनिटाइजर डिस्पेन्सरमा ५ लिटरको सेनिटाइजर प्रयोग गर्न सकिन्छ भने यसमा १ वर्षको वारेन्टी दिइएको छ।

यसलाई डीआरडीओले प्रमाणित गरेको छ भने यसलाई कार्यालयहरुमा वा घरमा प्रयोग गर्न निकै सजिलो र सहज रहेको छ।

अझ यसलाई स्मार्टफोन एपबाट समेत नियन्त्रण गर्न सकिने सुबिधा रहेको छ। जसको माध्यमबाट कति सेकेण्डसम्म स्प्रे गर्ने भन्ने समय निर्धारण गर्न सकिन्छ।

कम्पनीले आगामी दिनमा १.२ लिटरको ओकमिस्ट मिनी ओकमिस्ट टचलेस सेनिटाइजर डिस्पेन्सर समेत ल्याउने तयारी गरेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .