ad ad

कारोबार


‘म उद्यमी’ अभियान : अब घरमै बनेका सामान सजिलोसँग किन्नुहोस् अनलाइनमा

‘म उद्यमी’ अभियान : अब घरमै बनेका सामान सजिलोसँग किन्नुहोस् अनलाइनमा

सन्तोष न्यौपाने
साउन १७, २०७७ शनिबार ११:३७,

कोरोना महामारीले मान्छेको जीवनशैलीलाई अस्तव्यस्त पार्‍याे। व्यापार व्यवसाय ठप्प हुँदा आम्दानीका सबै स्रोत बन्द भए।

यो महामारीका कारण अझ त्यस्ता व्यवसाय मर्कामा परे जसले सानो लगानीमा घरमै सामान उत्पादन गरेर गुजारा चलाउँदै आएका थिए। तीन महिनाको लामो लकडाउनले घरमै बनेका अचार लगायतका खानाका परिवाकारहरु बिग्रन थाले।

कुटिर, साना तथा मझौला उद्योग चलाइरहेका महिला थप पीडामा परे। महिला उद्यमीहरुका यी र यस्ता समस्यालाई केही भए पनि सहयोग मिलोस् भनेर ‘म उद्यमी’ अर्थात महिला उद्यमी अभियान सुरु गरिएको छ।

नेपाल महिला उद्यमी महासंघ (एफवीन)को अगुवाइमा ई–कमर्स प्लेटफर्म ठूलो डट कम र इमर्जले उक्त अभियान चलाएका हुन्। जसलाई यूएसएडको ‘तयार नेपाल’ले सहयोग गरेको छ।

  उद्यमी महिलाले घरमै तयार गरेका अचार, गुन्द्रुक र स्यानिटाइजर

जहाँ ठूलो डट कमले आफ्नो प्लेटफर्ममार्फत १७ जना माहिला उद्यमीले घरमै हातले बनाइएका सामानहरुलाई उपभोक्ता माझ ल्याएको छ।

ती महिलाहरु जो अनलाइनबाट सामान बेच्न सकिन्छ भन्ने ज्ञान थिएन। भएकाले पनि अनलाइनको पहुँच पाउन सक्दैनथे। उनीहरुलाई अनलाइनबाट पनि सामान बेच्न सकिन्छ भन्ने आइडिया समेत थिएन।

‘हामीले त्यस्ता महिलाहरु जसको अनलाइनमा पहुँच छैन। उहाँहरुलाई सहयोग गर्न खोजेका हौं,’ ठूलो डट कमकी चिफ अपरेटिङ अफिसर (सीओओ) सुरक्षा अधिकारीले नेपालखबरसँग भनिन्, ‘उहाँहरुको सामान बिक्री हाेस् र व्यवसाय चलोस् भन्ने हाम्रो उद्देश्य हो।’

उद्यमीहरु आफूले हातले बनाएका सामानाको डिजाइन गरेर अनलाइनमा राखेको देख्दा दंग छन्। अझ विस्तारै उनीहरुको सामान बिक्री हुँदै गएका छन्। जसको पैसा उनीहरुको अकाउन्टमै पुगेको छ।

उद्यमी महिलाले घरमै तयार गरेको बाँस निर्मित सामग्री

महिला उद्यमीहरुले हातले घरमै बनाइएका उत्पादनहरु अचार, बाँसको सामान, खानेकुरा, मसला, मास्क, वातावरणमैत्री स्यानिटरी प्याड, बडी ओइल, सेनिटाइजरजस्ता कैयौँ उत्पादन अनलाइन स्क्रिनमा देख्न पाइन्छ।

‘हाइजिन र सेफ्टी रिलेटेड र फुड आइटमहरु राखिएको छ,’ सीओओ अधिकारीले नेपालखबरसँग भनिन्, ‘लकडाउनको अवधिमा आवश्यक वस्तुहरुलाई लक्षित गरेर राखिएको छ।’
स्थानीय उत्पादनहरु अनलाइनबाट अर्डर गर्न मिल्ने भएपछि उपभोक्ताको चासो पनि बढेको छ। पहिलो हप्ताभन्दा दोस्रो र तेस्रो हुदै उपभोक्ताको अर्डर बढिरहेको उनले सुनाइन।

महिलाहरुले उत्पादन गरेका वस्तुहरु उपभोक्ता माझ अझ धेरै जाउन भनेर उनीहरुले विभिन्न अफर, छुट र प्रतियोगिताहरु चलाइरहेका छन्। जति धेरै सामान बिक्री हुन्छ महिलाहरुलाई व्यवसाय चलाउन र कर्मचारीको तलब दिनसक्ने अवस्था हुनेछ।

एकातिर लकडाउनले अर्थतन्त्रलाई शिथिल बनायो तर अर्को सकारात्मक पक्ष पनि छ। त्यो के भने यस्तै साना उद्यमीका वस्तुहरु अनलाइनबाट बिक्री हुन थालेका छन्।

कोरोना भाइरस संक्रमणले गर्दा उपभोक्ता घरबाहिर निस्किन पाएनन्। दैनिक उपभोग्य सामान किन्ने माध्यम हेर्न थाले। नेपालमा पछिल्लो समय लोकप्रिय बन्दै गएको अनलाइन सपिङलाई अझ व्यापक बनाउन लकडाउनले सहयोग गरेको छ। स्थानीय उत्पादनलाई उपभोक्तामाझ लोकप्रिय बनाउन कोभिड-१९ ले सहयोग गरेको सुरक्षा बताउँछिन। 

‘कोभिडले गर्दा उपभोक्ताको अनलाइन चेतना बढ्यो। अनलाइनबाट पनि सामान किन्न सकिन्छ भन्ने भयो,’ सुरक्षाले भनिन्, ‘कहिले नकिन्नेले पनि अनलाइन सपिङ गरिरहेका छन्।’
कोरोना संक्रमणको जोखिम धेरै थियो। सकेसम्म सुरक्षा अपनाउनु नै पर्थ्याे। उनीहरुले सामान बिक्री गर्दा नगद अर्थात क्यास पैसा लिएनन्। विभिन्न डिजिटल पेमेन्टका माध्यमहरु अपनाए। उपभोक्ताले अनलाइन सपिङजस्तै डिजिटल पेमेन्टमा पनि चासो देखाएका छन्।

‘यो अभियानको उद्देश्य वस्तु बिक्री मात्र होइन,’ अधिकारीले भनिन्, ‘अनलाइनमा नआएका महिला उद्यमीहरुलाई अनलाइनबाट पनि बिक्री गर्न सकिन्छ भन्ने बानी पार्नका लागि हो।’
कोभिड–१९ को प्रभावमा परेका महिला उद्यमीहरुको सहयोग होस् भनेर यो अभियान सुरु गरिएको सुरक्षाले बताइन्। अभियान सुरुवाति चरणमा रहेकाले हाललाई काठमाडौं र ललितपुरका १७ महिला उद्यमीका उत्पादनहरु मात्र उनीहरुले उपलब्ध गराएका छन्।

लकडाउनकै अवधिमा कार्यक्रम सुरु गरिएकाले काठमाडौं बाहिर जान नसकिएको उनले बताइन्।

सुरक्षा लामो समयदेखि नेपालको ई–कमर्स क्षेत्रमा कार्यरत छिन्। सन् २०१६ मा सुरक्षा र उनका दुई साथीहरुले ठुलो डट कम सुरु गरे।

त्योभन्दा अघि सन् २०१३ मा नेब्बे डट कममा को–फाउन्डरका रुपमा गइन्। जति बेला नेपालको ई–कमर्स सुरु हुँदै थियो।

‘त्यो बेला मार्केट प्लेसको कन्सेप्ट विकास भइसकेको थिएन,’ सुरक्षाले भनिन्, ‘अनलाइन लिस्टिङदेखि सबै आफैँ गर्नुपर्थ्याे। बुझाउन गाह्रो पनि थियो।’

३० वर्षे युवा उद्यमी सुरक्षा र अरु दुईजना को–फाउन्डरले ठूलो ग्रुप अन्तर्गत ५ वटा कम्पनी चलाइरहेका छन्। यी कम्पनीले साना तथा मध्यमस्तरका उद्योगलाई प्रविधि र पूर्वाधारको सेवा उपलब्ध गराउँछन्।

साना र मध्यम उद्योगीलाई स्रोतको उपलब्ध गराउने कम्प्युटिङ, आइटी रिसोर्सेस, वेवसाइट बनाउने, एप बनाउन काम गरिरहको सुरक्षाले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .