ad ad

कारोबार


सहुलियत ऋण पाए पनि ४ प्रतिशत उद्योग साबिकको अवस्थामा नआउने

सहुलियत ऋण पाए पनि ४ प्रतिशत उद्योग साबिकको अवस्थामा नआउने

नेपालखबर
साउन २६, २०७७ सोमबार १२:२०,

कोरोना संक्रमणको कारण थलिएका केही उद्योगहरुले सहुलियत ऋण पाए पनि साबिकको अवस्थामा नपुग्ने भएका छन्। ४ दशमलव १६ प्रतिशत उद्योगहरुले सरकारले प्रदान गरेको सेवा सुविधा उपयोग गर्दा पनि पहिलेको अवस्थामा पुग्नै नसक्ने बताएका हुन्।

नेपाल राष्ट्र बैंकले उद्योगहरुबाट दिएको तथ्याङ्क र त्यसबाट गरेको विश्लेषणमा ४ दशमलव १६ प्रतिशते उद्योगहरुले संक्रमण रोकिएर सहुलियत प्रयोग गरेको खण्डमा पनि कर्मचारी कटौती नै हुने बताएका हुन्।

त्यस्तै २५ प्रतिशत उद्योगहरुले भने थोरै मात्रै कर्मचारी कटौती गरेर उद्योगहरुलाई निरन्तरता दिने बताएका हुन्। साथै करिब ७० प्रतिशत उद्योगहरु भने पहिलेकै अवस्थामा पुग्ने बताएका छन्।

नेपाल राष्ट्र बैंकले संकलन गरेको तथ्याङ्कअनुसार उत्पादनमूलक उद्योगहरुमध्ये ५ प्रतिशतले पहिलेको अवस्थामा सञ्चालन हुन नसकिने बताएका छन्। होटल रे्ष्टुरेन्ट ४ दशमलव ५९ प्रतिशत, रियल स्टेट ११ प्रतिशत, निर्माण १२ प्रतिशतले पहिलेको अवस्थामा नपुग्ने बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .