ad ad

कारोबार


२ सय अर्ब डलर कमाउने पहिलो व्यक्ति बने जेफ बेजोस

२ सय अर्ब डलर कमाउने पहिलो व्यक्ति बने जेफ बेजोस

नेपालखबर
भदौ ११, २०७७ बिहिबार १३:४०,

अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति २ सय अर्ब डलर नाघेको छ।

विश्वमा १ सय अर्ब कमाउने पहिलो व्यक्ति माइक्रोसफ्टका विल गेट्स थिए भने २ सय अर्ब डलर कमाउने बेजोस पहिलो व्यक्ति बनेका छन्।

फोर्ब्सका अनुसार अमेजनको सेयरमा २ प्रतिशतले वृद्धि भएपछि बुधबार बेजोसको कुल सम्पत्ति २०४.६ अर्ब डलर पुगेको हो।

विश्वका दोस्रो धनी व्यक्ति गेट्सभन्दा बेजोसको सम्पत्ति ९० अर्ब डलरले बढी छ। गेट्सको कुल सम्पत्ति हाल १ सय १६ अर्ब डलर छ।

कोरोना महामारीका कारण विश्वभर आर्थिक मन्दी छाइरहेको छ। करोडौँ मानिसले रोजगारी गुमाएका छन्। तर, अर्बपतिहरुको सम्पत्तिमा भने निरन्तर वृद्धि भइरहेको छ।

बेजोसको कम्पनी अमेजनको सेयर महामारीकै बीचमा यो वर्ष ८० प्रतिशतले वृद्धि भएको छ। जनवरी १ मा बेजोसको कुल सम्पत्ति १ सय १५ अर्ब डलर थियो।

अमेजनबाहेक बेजोसको स्वामित्वमा वासिङ्टन पोस्ट, अन्तरीक्ष उडानसम्बन्धी कम्पनी ब्लु ओरिजिन र अन्य निजी लगानी पनि छन्।

गत वर्षको जुलाइमा पूर्वपत्नी म्याकिन्जी स्कटसँग सम्बन्धविच्छेद गर्दा बेजोसले उनलाई आफ्नो सम्पत्तिको २५ प्रतिशत हिस्सा दिएका थिए। जसका कारण स्कट हाल विश्वको १४ औँ सबैभन्दा धनी व्यक्ति र दोस्रो सबैभन्दा धनी महिला बनेकी छिन्। एजेन्सी

यो पनि:

अर्बपतिहरुलाई धन थुपार्ने मौका बन्यो कोरोना महामारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .