ad ad

कारोबार


शाओमी नेपालद्वारा रेडमी इयरफोन सार्वजनिक

शाओमी नेपालद्वारा रेडमी इयरफोन सार्वजनिक

नेपालखबर
भदौ १७, २०७७ बुधबार ९:३८,

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले रेडमीको फोन प्लस रणनीतिलाई अगाडि बढाउँदै आज नयाँ रेडमी इयरफोनको घोषणा गरेको छ। यो रेडमी अडियो श्रेणी लाइनअपमा नेपालमा सार्वजनिक भएको दोस्रो उत्पादन हो।

शाओमी नेपालले गत वर्षदेखि आफ्नो फोन प्लस रणनीतिको अंशको रुपमा अडियो श्रेणीमा प्रवेश गरेको छ। इकोसिस्टम उत्पादनको फोर्टफोलियो इकोस् अन्तर्गत ब्राण्डले पहिले नै मी ट्रु वायरलेस इयरबड्र्स, मी इन-इयर हेडफोन बेसिक र मी इयरफोन सार्वजनिक गरिसकेको छ। हालै नेपालमा उनीहरुले रेडमी ब्राण्ड अन्तर्गत पहिलो अडियो- रेडमी इयरबड्र्स एस सार्वजनिक गरिसकेका छन् र अब हाई-रेस प्रमाणित रेडमी इयरफोन सार्वजनिक गरेका छन्।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी हार्ई -रेस प्रमाणित रेडमी इयरफोन, हाम्रो फोन प्लस रणनीतिको अंशको रुपमा रेडमी लाइनअपको दोस्रो अडियो उत्पादन सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं। एक ब्राण्डको रुपमा यो हाम्रो मी फ्यान र प्रयोगकर्ताहरुलाई विभिन्न श्रेणीका उत्पादनहरुको अनुभव प्रदान गर्ने प्रतिबद्धतामा अर्को चरण हो। हामी आशावादी छौं कि शाओमी नेपालको एक्सेसरिज स्पेसमा प्रवेशले हाम्रो देशभरका मी फ्यान र उपभोक्ताहरुलाई गुणस्तर अनुभवको मार्ग खुल्नेछ।’

रेडमी इयरफोन
हाई-रेस अडियोद्वारा प्रमाणित रेडमी इयरफोनले अधिक प्राकृतिक र यर्थाथपरक सुन्ने अनुभव प्रदान गर्ने लक्ष्य राख्दछ। यसको १० एमएम ध्वनी ड्राइभरले गतिशील बेस, स्पष्ट कण्ठ र परिष्कृत ट्रेबल ल्याउँदछ। रेडमी इयरफोनले ह्यान्डस्फ्री- कलिंग सुविधाका लागि इन-लाइन-माइक पनि प्रदान गर्दछ। यसको मल्टी फंक्शनले इयरफोनबाट कल र गीत नियन्त्रण सक्षम गर्दछ। रेडमी इयरफोन उच्च गुणस्तरको सुक्ष्म एल्मुनियम धातुबाट तयार गरिन्छ र सिलिकन इयरप्लगको साथ आउँदछ। यो ३.५ एमएम मापदण्डमा आधारित छन् र यसमा १.२५ मिटर लामो केबलको विशेषता छ।

उपलब्धता
रेडमी इयरफोन कालो, निलो र रातो रंगमा उपलब्ध हुनेछ। यसको मुल्य रु७४९ रहेको छ र देशभरका आधिकारिक मी स्टोर, रिटेल पार्टनर र अनलाईन च्यानलमा छिट्टै उपलब्ध हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .