ad ad

कारोबार


संविधान दिवसको अवसरमा चार्टर्ड फाउन्डेसनले अन्तर्क्रिया गर्ने

संविधान दिवसको अवसरमा चार्टर्ड फाउन्डेसनले अन्तर्क्रिया गर्ने

नेपालखबर
असोज २, २०७७ शुक्रबार ९:१९,

संविधान दिवसको अवसरमा चार्टर्ड फाउन्डेसन नेपालको आयोजनामा अन्तर्क्रिया कार्यक्रमको आयोजना हुने भएको छ।

नेपालको संविधानमा वित्तीय पारदर्शितासम्बन्धी प्रावधान र चार्टर्ड एकाउन्टेन्टको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा प्रमुख वक्ताका रुपमा अर्थशास्त्री हरि रोका, राजनीतिक विश्लेषक मुमाराम खनाल तथा करविज्ञ तथा वरिष्ठ चार्टड एकाउन्टेट भवनाथ दाहालको उपस्थिति रहनेछ।

यसका अलावा कार्यक्रममा आईक्यानका उपाध्य़क्ष तथा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट युद्धराज वली र अर्का वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट तथा एक्यानका अध्यक्ष आनन्द शर्मा वाग्ले अतिथि वक्ता रहने चार्टर्ड फाउन्डेसन नेपालका अध्यक्ष सीए प्रदिप अर्यालले बताए।

अध्यक्ष अर्यालका अनुसार कार्यक्रम कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै भोलि अपराह्न १ बजेदेखि ३ बजेसम्म जुममार्फत र फेसबुक लाइभमा पनि हुनेछ।

राष्ट्रको समग्र विकाशमा चार्टर्ड एकाउनटेन्टहरुको भूमिकालाई राज्यले नजरअन्दाज गर्दै आईरहेको अवस्थामा आफूहरुले पनि राज्यप्रतिको दायित्व र भुमिका निर्वाह गर्न सदा तत्पर रहेको र कार्यक्रममार्फत हालको संविधानमा विद्यमान वित्तीय पारदर्शिताको विषयमा आवश्यक बहस र विश्लेषण गरिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .