माछापुच्छ्रे बैंक लिमिटेड र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबीच रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्धेश्यले रेमिट्यान्स सम्झौता भएको छ।
उक्त सम्झौता पश्चात भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट नेपालमा सहज रुपमा पैसा पठाउन सक्ने छन्। यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंक लि.का १५९ शाखा कार्यालयहंरु तथा १० हजार भन्दाबढि रेमिट्यान्स एजेन्टहरु मार्फत प्रापकले सहज रुपमा प्राप्त गर्न सक्नेछन्।
ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सहकार्य गरि माछापुच्छ्रे रेमिट्यान्स मार्फत नेपालमा पैसा पठाउँदा कम सेवा शुल्क लाग्नेछ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पूर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ।
Shares
प्रतिक्रिया