ad ad

कारोबार


ग्लोबल बैंकले होटल, रेष्टुरेन्ट व्यवसायीलाई सहुलियत कर्जा उपलब्ध गराउने

ग्लोबल बैंकले होटल, रेष्टुरेन्ट व्यवसायीलाई सहुलियत कर्जा उपलब्ध गराउने

नेपालखबर
असोज ८, २०७७ बिहिबार १५:५१,

ग्लोबल आइएमई बैंकले होटल व्यवसायी महासंघमा आबद्ध नेपाल भरका होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई सहुलियत व्याजमा कर्जा प्रवाह गर्ने भएको छ।

होटल तथा रेष्टुरेण्टलाई सरलताका साथ बैकिङ कारोबारको पहुँच भित्र ल्याउन बिहीबार बैंक र महास‌ंघबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका थिए।

महासंघसँग आवद्ध व्यवसायीहरुलाई आर्थिक कारोबारमा सघाउ पुर्‍याउन तथा हाल कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग बैंकले कर्जा सुविधा प्रदान गर्ने सहमति भएको हो।

महासंघमा आबद्ध व्यवसायीका लागि बैंकले आवश्यकता अनुसार बैंकिङ्ग एवं वित्तीय साक्षारता सम्बन्धी तालिम समेत प्रदान गर्ने बैंकले जारी प्रेस विज्ञप्तीमा छ। यस्तो सुविधा लिनका लागि महासंघसंग आबद्ध सम्पूर्ण व्यवसायीले आफूलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न समेत बैंकले आव्हान गरेको छ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .