ad ad

कारोबार


क्लिनफिडका सन्दर्भमा केबल टिभी अपरेटरहरुले सरकारलाई दिए १७ सुझाव

क्लिनफिडका सन्दर्भमा केबल टिभी अपरेटरहरुले सरकारलाई दिए १७ सुझाव

नेपालखबर
असोज ११, २०७७ आइतबार ७:५४,

केबल टिभी अपरेटरहरुले सरकारलाई क्लिनफिड लागू गर्ने मिति नजिकिँदै गर्दा १७ वटा सुझाव दिएका छन्।

नेपालभर डिजिटल केबल टिभी अपरेटर, स्थानीय केबल वितरक र इन्टरनेट सेवाप्रदायक संस्थाको समेत आबद्धता रहेको केबल टिभी अपरेटर महासंघले सरकारलाई क्लिनफिड लागू गराउनलागेकोमा समर्थन गर्दै सुझाव दिएको हो।

उसले नीति कार्यान्वयन गर्न आग्रह गर्दै यसबाट पर्ने असरबारे पनि जानकार रहन अवगत गराएको छ।

‘क्लिनफिडको प्रत्यक्ष असर नेपालभित्र प्रसारणमा रहेका डिजिटल केबल टिभी अपरेटर तथा नेपाली डीटीएच, आईपीटीभी, टेलिभिजन प्रसारक संस्थाहरु तथा उपभोक्तालाई समेत असर पर्ने हुन्छ’, महासंघले भनेको छ, ‘किनकि यो लागू भएपछि हाल प्रसारणमा रहेका विभिन्न विदेशी च्यानलको संख्या घट्ने र उपभोक्ताले हेरिरहेको च्यानलहरुले निरन्तरता पाउन नसक्ने अवस्था देखिन्छ साथै वितरक पक्ष र उपभोक्ता पक्षबीच मासिक शुल्क तथा प्रसारणको सम्बन्धमा विवाद हुनसक्ने जटिलता पनि आउनसक्छ।’

१७ सुझावमा सरकारबाट अनुमति पाएका डिजिटल केबल टिभी अपरेटर तथा नेपाली डीटीएच, आईपीटीभी, डिजिटल टेरेस्ट्रेयल टीभी, स्थानीय केबल वितरकले विज्ञापनरहित च्यानल प्रसारण गर्ने अनिवार्य प्रावधान रहेकोले अवैध माध्यमबाट भइरहेका सेवा रोक्नुपर्ने, भारतलगायत विदेशी डीटीएच उपकरण जफत गर्नुपर्नेलगायतका माग गरिएको छ।

त्यस्तै डिजिटल केबल टिभी अपरेटर वा आईपीटीभीको इजाजतप्राप्त संस्थाले आईपटीभी वा डिजिटल केबल टिभी अपरेटर दुवै प्रसारण गर्न पाउने व्यवस्था हुनुपर्ने, गैरकानुनी प्रसारण रोक्न सञ्चार मन्त्रालयले आवश्यक संयन्त्र बनाउनुपर्ने, आईपीटीभी प्रदायकले डाउनलिंकिंगबाट अनुमति नभएका च्यानल समेत प्रसारण गराइरहेकोमा त्यसलाई बन्द गर्नुपर्ने, इन्टरनेटबाट आउने विदेशी तथा स्वदेशी टेलिभिजन कार्यक्रम रोक्नुपर्ने, आईपीबाट आउने विज्ञापनरहित विदेशी च्यानललाई समेत डाउनलिंकिंगको अनुमति दिनुपर्ने, आईपीटीभीले आईएसपीलाई समेत सिग्नल वितरण गरी आईएसपीले ग्राहकसमक्ष सिग्नल वितरण गर्नु गैरकानुनी भएकाले यसलाई रोक्नुपर्ने, डिजिटल केबल टीभी अपरेटर र स्थानीय केबल अपरेटरले रोयल्टी बुझाइरहेकोमा दोहोरो रोयल्टी बुझाउने व्यवस्था हटाउनुपर्नेलगायतका माग राखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .