ad ad

कारोबार


‘डिसहोममा डिलर दाइको डिस्काउन्ट’ : हरेक हप्ता दुई जनाले पाउनेछन् नगद एक लाख

‘डिसहोममा डिलर दाइको डिस्काउन्ट’ : हरेक हप्ता दुई जनाले पाउनेछन् नगद एक लाख

नेपालखबर
असोज २१, २०७७ बुधबार ९:५६,

‘डिसहोममा डिलर दाइको डिस्काउन्ट’ योजना अन्तर्गत लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन्।

यही असोज ९ गते देखि १५ गते सम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शो केस च्यानल नं १००, शो केस २ च्यानल नं १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन्। योजना अनुसार डिसहोमले हरेक हप्ता रु दुई लाख प्रदान गर्नेछ जसमा २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्तिले एक लाख नगद प्राप्त गर्नेछन्।

यो योजना अन्तर्गत असोज १६ गते भएको लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको २ केस आईडी नं ०२५१९१६२५३१ र ०२५१९०८१५७५ बिजेता बन्न सफल भएका छन्।

आउने लाइभ लक्की ड्र (असोज २३ गते) साँझ ५ बजे शो केस च्यानल नं १००, शो केस २ च्यानल नं १०१ र रमाईलो टिभीमा हुने जानकारी गराइएको छ। असोज १६ देखि २२ गते सम्म फन्ड ट्रान्सफरबाट रिचार्ज गर्ने ग्राहकवर्गहरुलाई असोज २३ गतेको लक्की ड्र मा सामेल गराइनेछ।

यस नयाँ योजना अन्तर्गत, अब डिसहोमको आधिकारीक विक्रेताहरु मार्फत फन्ड ट्रान्सफर सेवाबाट २ वर्षे रिचार्ज गर्ने ग्राहकहरुले लाइभ लक्की ड्र मा डबल मौका पाउनेछन्।

साथै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अब अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विक्ली लक्की ड्र मा सहभागी गराईने भएको छ।

फन्ड ट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .