ad ad

कारोबार


असोज ३० देखि दिपायल-धनगढी हवाई सेवा सञ्चालन हुने

असोज ३० देखि दिपायल-धनगढी हवाई सेवा सञ्चालन हुने

नेपालखबर
असोज २६, २०७७ सोमबार ८:५२,

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबै भन्दा पुरानो दिपायल विमानस्थलमा यही असोज ३० गतेदेखि हप्तामा एक दिन हवाई उडान सञ्चालन हुने भएको छ।

दिपायल–धनगढी हप्तामा एक जहाज सञ्चालन हुने नेपाल नागरिक उड्यन प्राधिकरणको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार दिपायलबाट धनगढीका लागि प्रत्येक शुक्रबार उडान भर्ने कार्यतालिका तयार भएको छ। निजी क्षेत्रको विमान कम्पनी समिट एयरले उडान भर्ने तयारी गरेको हो।

जहाज सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताइएको छ। विमानस्थलमा भएका सञ्चार उपकरणको पनि मर्मतकार्य भइरहेको छ। कूल १८ जना सिट क्षमता भएको उक्त जहाज धनगढीबाट दिपायलका लागि बिहान १०ः३० बजे र दिपायलबाट धनगढीका लागि बिहान ११ः३० बजे उडान भर्ने तालिका तयार भएको बताइएको छ।

प्राधिकरण कार्यालयका अनुसार हाललाई दिपायलदेखि धनगढीसम्मको टिकट रु तीन हजार २०० तोकिएको छ। टिकटका लागि दिपायल पिपल्लामा रहेको होटल रिभर साइडमा पाइने व्यवस्था मिलाइएको होटल सञ्चालक नन्दनसिंह कार्कीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .