ad ad

कारोबार


हुवावेले जारी गर्‍यो ‘बैंकिङ इन्डस्ट्री राइजेज टु न्यु नर्मल’ श्वेतपत्र

हुवावेले जारी गर्‍यो ‘बैंकिङ इन्डस्ट्री राइजेज टु न्यु नर्मल’ श्वेतपत्र

नेपालखबर
असोज २६, २०७७ सोमबार ९:३२,

हुवावे कनेक्ट २०२०मा अन्तर्राष्ट्रिय डाटा कर्पोरेशन (आईडीसी), मार्केट इन्टेलिजेन्स, परामर्श सेवा र सूचना प्रविधि, दूरसञ्चार र उपभोक्ता प्रविधि बजारका कार्यक्रमहरुको ग्लोबल प्रदायकले हुवावेको साथमा ‘बैंकिङ इन्डस्ट्री राइजेज टु न्यु नर्मल’ शीर्षकको वाइट पेपर (श्वेतपत्र) जारी गरेको छ।

यस प्रतिवेदनमा आईडीसी र हुवावेले बैंकिङ इन्डस्ट्रीमा कोभिड–१९ को प्रभावबारे सर्भे गरेको र बैंकले उनीहरूको भविष्यगत सफलता सुनिश्चित गर्नका लागि लिनुपर्ने कदमहरूको रूपरेखा प्रस्तुत गरेको छ।

प्रतिवेदनको अशंको रूपमा आईडीसी र हुवावेले ‘बैंकिङ रिसिलियेन्स सूचक’को विकास गरेको छ जसले बैंकिङको वर्तमान स्थितिलाई क्षेत्रको हिसाबले छ वटा प्रमुख उपायका आधारमा मापन गर्ने जनाइएको छ। यो सूचकले प्रमुख क्षेत्रीय भिन्नताहरू देखाउनुका साथै बैंकहरूले उनीहरूको आफ्नै स्थिरताको आँकलन गर्न प्रयोग गर्न सक्ने र भविष्यको सफलताको लागि मार्गदर्शन प्रदान गर्ने बताइएको छ।

हुवावे कनेक्ट २०२०मा हुवावे र यसका पार्टनरहरूले वित्तीय क्लाउड, स्मार्ट शाखा, डिजिटल कोर र इन्टेलिजेन्ट डाटा प्लेटफार्महरूसहित एफएसअई सलुसनको विस्तृत प्रकार देखाउँदै छन्। यी सलुसनले बैंकहरूलाई लागत घटाउन, छिटो परिवर्तन हुने एफएसआई वातावरणलाई छरितो गर्न, ग्राहकहरूलाई आकर्षित गरेर राख्न र उदीयमान प्रतिस्पर्र्धीहरूविरूद्ध उभिने मौका दिन्छ।

हालका अवरोधहरूले दैनिक जीवनमा मोबाइलमा वित्तीय से(वाको ध्यान केन्द्रित गरेको छ र चीनमा प्रारम्भिक अनुभवहरूको आधारमा हुवावे विश्वव्यापी रूपमा मोबाइल अन्तर्क्रियामा जाने कदमलाई समर्थन गर्न अग्रणी रहेको छ।

उक्त रिपोर्टमा रहेका केही प्रमुख निष्कर्षहरूमा बैंकको ब्यालेन्स शीटमा महामारीको आर्थिक प्रभाव, मोबाइल उपकरणबाट डिजिटल भुक्तानीमा आक्रामक वृद्धि र बैंकिङ सेवाहरूमाशाखाको भूमिकामा अचानक आएको परिवर्तनलाई चिन्तन गर्ने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .