ad ad

राजनीति


कर्णालीका मुख्यमन्त्रीद्वारा सचेतक निष्काशित, नयाँ नियुक्त

कर्णालीका मुख्यमन्त्रीद्वारा सचेतक निष्काशित, नयाँ नियुक्त

नेपालखबर
असोज २६, २०७७ सोमबार ९:२१,

कर्णाली प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक गुलावजंग शाहलाई निष्काशित गरी उनकाे ठाउँमा नयाँ सचेतक नियुक्त गरिएकाे छ।

नेकपाकाे प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शाहलाई प्रमुख सचेतकबाट हटाएका हुन्।

मुख्यमन्त्री शाहीले सोमबार उनलाई जिम्मेवारीमुक्त गरिएको पत्र दिएका हुन्।

पत्रमा भनिएको छ, ‘तपाईंले गरेको कामकारवाही सन्तोषजनक नभएकोले आजसम्म गरेको कामको लागि धन्यवाद दिँदै तपाईंलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सभा दलको प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको छु।’

साथै, शाहीले दलको सचेतकको रुपमा प्रदेशसभा सदस्य सिताकुमारी नेपालीलाई नियुक्त गरिसकेका छन्।

याे पनि: 

मुख्यमन्त्रीविरुद्ध अविश्वास : नयाँ सचेतक आएपछि कात्तिक ७ सम्म छलफल स्थगित

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव फिर्ताका लागि निर्देशन दिन ओलीलाई प्रचण्डको आग्रह

पूर्वएमाले एकढिक्का भएपछि तेस्रो प्रयासमा शाहीविरुद्ध अविश्वास प्रस्ताव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .