ad ad

कारोबार


भट्ट सीईओ बनेपछि लगानी बोर्डको पहिलो बैठक : तीन परियोजनाका लागि साढे ३८ अर्बको लगानी स्वीकृत

भट्ट सीईओ बनेपछि लगानी बोर्डको पहिलो बैठक : तीन परियोजनाका लागि साढे ३८ अर्बको लगानी स्वीकृत

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार १७:४०,

सरकारले सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेपछि बसेको बोर्डको पहिलो बैठकले ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको बैठकले तीनवटा परियोजनाहरुका लागि सो लगानी स्वीकृत गरेको हो।

‘बैठकले सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको धुन्साखोला जलविद्युत परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दुधखोला जलविद्युत परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख रूपैयाँ लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ।

त्यसैगरी बैठकमा लगानी बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्नेबारे छलफल भएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार लगानीकर्तालाई एकल बिन्दू सेवा केन्द्रद्वारा सहज र शीघ्र सेवा प्रदान गर्न उक्त केन्द्रलाई स्वचालित बनाउने तथा नलेज म्यानेजमेन्ट पोर्टलको स्थापना र उपयोग गर्ने सम्बन्धमा छलफल गर्ने पनि भएको छ।

बैठकमा लगानी बोर्डका सीईओ सुशील भट्टले लगानी बोर्डमार्फत् प्रबर्द्धन र सहजीकरण भएका परियोजनाहरु कार्यान्वयनको अवस्था र बोर्डका गतिबिधिबारे जानकारी गराएका थिए।

बोर्डको अध्यक्ष समेत रहने प्रधानमन्त्रीको अध्यक्षतामा बसेको सो बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष बिष्णु पौडेल, सो बोर्डका सदस्य रहने बिभिन्न मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नर लगायत बोर्डका सदस्य तथा प्रतिनिधिहरुको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .