ad ad

कारोबार


ओपोद्वारा नोवेम्बर १७मा ओपो ईन्नो डे २०२०को आयोजना गर्ने घोषणा

ओपोद्वारा नोवेम्बर १७मा ओपो ईन्नो डे २०२०को आयोजना गर्ने घोषणा

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार १४:४२,

ओपोले आफ्नो वार्षिक ओपो ईन्नो डे यही नोवेम्बर महिनाको २७ तारिखका दिन चीनको शन्चनमा ‘लिप ईन्टू द फ्यूचर’ अवधारणाका साथमा आयोजना गर्ने घोषणा गरेको छ।

कार्यक्रमले ईन्टरनेट अफ एक्स्पेरियन्सको यो यूगमा ओपोका अग्रगामी सोच र सफलताहरु प्रस्तुत गर्ने जानकारी दिइएको छ।

ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनीचनका साथै ओपोका उपाध्यक्ष तथा ओपो रिचर्स ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले समेत कार्यक्रममा किनोट प्रस्तुति दिनेछन्।

किनोट मार्फत दुवैले नयाँ यूगका लागि कम्पनीका प्राविधिक भिजन र बिजनेश फिलोसोफीबारे जानकारी दिँदै तीन नयाँ अवधारणा उत्पादन (कन्सेप्ट प्रडक्ट्स)पनि सार्वजनिक गर्नेछन्।

सन् २०१९मा पहिलो पटक आयोजित ओपो ईन्नो डे कम्पनीका लागि आफ्ना प्रमुख प्राविधिक अन्तरदृष्टि प्रस्तुत गर्नुका साथै, भविष्यकाप्राविधिक सम्भावनाअन्वेषणका लागि समेत एक प्रमुख कार्यक्रमका रुपमा रहँदै आएको छ।

पछिल्लो वर्ष ओपोले ईनटेलिजेन्ट कनेक्टिभिटीको अवधारणा अघि सारेको थियो। यस वर्ष सो अवधारणालाई परिस्कृत गर्दै ईन्टरनेट अफ एक्स्पेरियन्सका रुपमा प्रस्तुत गर्ने ओपोको उद्देश्य रहेको छ।

ईन्टेलिजेन्ट कनेक्टिभिटी जग मात्र भएको र साधारण जडान भन्दा बृहत्त बस्तुहरुको अभिसरण (कम्भर्जेन्स अफथिंग्स) अर्थात्, ईन्टरनेट अफएक्स्पेरियन्स भविष्य हुन ओपोको विश्वास छ।

स्मार्ट वा ट्च, फाइभजी सीपीई र एआर ग्लासेज लगायत विभिन्न ग्याजेटहरुको प्रदर्शनी फ्ल्याश चार्जिङ, फाइभजी, ईमेजिङ र सफ्टवेयर अनुकुलन लगायत क्षेत्रमा रोमाञ्चक नवप्रबर्तनात्मक सफलताका साथ प्रदर्शनीमा आइसकेका छन्। यस वर्ष थप नवप्रबर्तनात्मक प्रविधिहरु प्रदर्शित गरिने कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .