ad ad

कारोबार


चार महिनामा ८४ अर्ब विदेशी सहायता, आठ महिनामा पौने तीन खर्ब भित्र्याउलान् अर्थमन्त्री पौडेलले?

चार महिनामा ८४ अर्ब विदेशी सहायता, आठ महिनामा पौने तीन खर्ब भित्र्याउलान् अर्थमन्त्री पौडेलले?

दीपक भट्ट
कात्तिक ३०, २०७७ आइतबार १३:२८,

चालु आर्थिक वर्षमा सरकारले पेश गरेको १४ खर्ब ७४ अर्बको बजेटमध्य वैदेशिक सहायताबाट ३ खर्ब ६० अर्ब रुपैयाँ प्राप्त गर्ने उल्लेख छ।

चालू आर्थिक वर्षको ४ महिनाको अवधिसम्म सरकारले ८४ अर्ब ७ करोड रुपैयाँको मात्रै प्राप्त गरेको जनाएको छ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको विवरणमा भनिएको छ, ‘अनुदान ६ अर्ब ३५ करोड ५३ लाख र ऋण सहायता ७७ अर्ब ७१ करोड ६० लाख गरि जम्मा ८४ अर्ब ७ करेड १३ लाखको अन्तर्राष्ट्रिय सहायता प्रतिवद्धता प्राप्त गरेको छ।’

अब सरकारको लक्ष्य पुरा गर्न नयाँ मन्त्रीको रुपमा आएका विष्णु पौडलले करिव २ खर्ब ७६ अर्ब रुपैयाँ विदेशी सहायता लिनु पर्ने छ।

यस्तै, चालू आर्थिक वर्षमा सरकारले वैदेशिक ऋण बाट ३ खर्ब उठाउने लक्ष्य राखेको थियो। जसमा ७७ अर्ब ७१ करोड रुपैयाँ मात्रै प्राप्त गरेको छ। अब विष्णु पौडेलले २ खर्ब २३ अर्ब रकम ऋण प्राप्त गर्नुपर्ने छ। त्यस्तै ६० अर्ब रुपैयाँ अनुदान प्राप्त गर्ने उल्लेख गरेकोमा ६ अर्ब रुपैयाँ मात्रै प्राप्त गरेको छ।

अब ५४ अर्ब रुपैयाँ हाराहारीमा अनुदान पनि लिनसक्नुपर्ने छ।

कोभिडको कारण अधिकांश देशहरु पनि मारमा परेकाले दाता देशहरुले विगतमा दिने जसरी सहयोग गर्न नसक्ने देखिइसकेको छ। अन्तर्राष्ट्रिय दाता संस्थाहरुले दिने सहयोग प्रमुख हो।

चालू आर्थिक वर्षको अहिलेसम्म आएको अधिकांश सहयोग पनि दातासंस्थाहरुबाट नै हो। त्यसकारण अब विदेशी सहायता लिन ठूलै चुनौति देखिन्छ।

आन्तरिक ऋण पनि यो वर्ष इतिहासमा नै सबैभन्दा धेरै उठाउने लक्ष्य राखिएको छ।

चालू आर्थिक वर्षमा आन्तरिक ऋण २ खर्ब २५ अर्ब उठाउने लक्ष्य राखेकोमा कात्तिक मसान्तसम्ममा ३७ अर्ब परिचालन गरिएको छ। सरकारले चालू आर्थिक वर्षको ४ महिना अवधिमा ५७ अर्ब रुपैयाँ ऋण उठाउन राष्ट्र बैंकलाई निर्देशन दिइसकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .