ad ad

कला


एक महिनाअघि कोरोना संक्रमण भएर निको भएका चर्चित बंगाली अभिनेता सौमित्र चटर्जीको निधन

एक महिनाअघि कोरोना संक्रमण भएर निको भएका चर्चित बंगाली अभिनेता सौमित्र चटर्जीको निधन

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार १३:३०,

चर्चित बंगाली अभिनेता सौमित्र चटर्जीको निधन भएको छ।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार एक महिनाअघि कोरोना संक्रमण भएर निको भइसकेका उनको कोलकातास्थित अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो।

उनको स्वास्थ्य अवस्थामा उतारचढाव आइरहेको थियो भने शनिबार उनको अवस्था निकै गम्भीर बनेको अस्पतालले जनाएकाे  थियो।

दैनिक भास्करका अनुसार सौमित्रलाई गत अक्टोबर ६ तारिख अस्पतालमा भर्ना गरिएको थियो। अक्टोबर ७ मा उनलाई कोरोना पुष्टि भएको थियो भने अक्टोबर १५ मा उनी कोरोनाबाट मुक्त भएका थिए। 

तर पनि उपचारका क्रममा आइतबार उनकाे निधन भएकाे हाे। 

चर्चित निर्देशक सत्यजीत रायको फिल्म अपूर संसारबाट आफ्नो फिल्मी करिअर सुरु गरेका सौमित्र चटर्जीले तीन सयभन्दा धेरै फिल्ममा काम गरेका छन् । 

धेरैपटक नेसनल अवार्ड पाउन सफल चटर्जीलाई सन् २०१२ मा दादा साहेब फाल्के अवार्ड पनि प्रदान गरिएको थियो।

सन् २००४ मा उनले भारतको तेस्रो सर्वाेच्च नागरिक सम्मान पद्म भूषण प्राप्त गरेका थिए। साथै उनलाई फ्रान्सको सर्वाेच्च नागरिक सम्मान लिजन अफ अनर पनि प्रदान गरिएको थियो।   

चटर्जीले गत सेप्टेम्बर अन्तिम हप्ता मात्र एक सिरिजको सुटिङ सकेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .