ad ad

कारोबार


ग्लोबल आइएमई बैंकको नयाँ शाखा मुस्ताङको घरपझोङमा, ७३ जिल्लामा पुग्यो बैंकको सेवा

ग्लोबल आइएमई बैंकको नयाँ शाखा मुस्ताङको घरपझोङमा, ७३ जिल्लामा पुग्यो बैंकको सेवा

नेपालखबर
मंसिर ७, २०७७ आइतबार १४:५८,

ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।

ग्लोबल आइएमई बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३८ एटीएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .