नेपाल आयल निगमले दाङको तुल्सीपुरमा हवाई इन्धन डिपोका लागि जग्गा यकिन गरेको छ।
तुल्सीपुर उपमहानगरपालिका स्थित टरीगाउँ विमानस्थलको मूल गेटको दक्षिणतर्फ डिपो स्थापना गर्न जग्गा यकिन गरिएको निगमले जनाएको छ।
सोमबार उपमहानगरपालिकाका घनश्याम पाण्डे, नेपाल आयल निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रकुमार पौडेललगायतका स्थानीय जनप्रतिनिधिहरुले सो जग्गाको अवलोकन गरेका छन्।
सो स्थानमा आवश्यक पूर्वाधार निर्माणमा तुल्सीपुर उपमहानगरपालिकाले सहयोग गर्ने जनाइएको छ।
45
Shares
प्रतिक्रिया