ad ad

समाज


ग्यास बुलेटले ठक्कर दिँदा दुईको मृत्यु

ग्यास बुलेटले ठक्कर दिँदा दुईको मृत्यु

नेपालखबर
मंसिर ८, २०७७ सोमबार १६:३२,

पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना स्थानीयवासीको मृत्यु भएको हो।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार घटनापछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्। स्थानीयवासी र प्रहरीबीच सडकमा पटक पटक झडप भएको बताइएको छ।

प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई ग्यास बुलेटरले ठक्कर दिएको थियो। ग्यास बुलेटलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

मृत्यु हुने दुबै जनाको सनाखत हुन नसकेको बताइएको छ। उनीहरुलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। प्रहरीले बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .