ad ad

कारोबार


आकाशिँदै सेयरबजारः कारोबार रकम र नेप्सेको बन्यो नयाँ ‘रेकर्ड’

आकाशिँदै सेयरबजारः कारोबार रकम र नेप्सेको बन्यो नयाँ ‘रेकर्ड’

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार १०:३९,

बिहीबार सेयर बजारले ऐतिहासिक कीर्तिमान कायम गरेको छ।

साताको पाँचौँ दिनको कारोबारमा नेप्से परिसूचक र खरिदबिक्री रकम दुबैले अहिलेसम्मको अधिकतम सीमामा नयाँ रेकर्ड कायम बनाएका छन्।

बिहीबार नेप्सले यस अघिको उच्चतम विन्दु १ हजार ८ सय ८१ को विन्दुलाई क्रस गरी १ हजार ८ सय ९३ दशमलव २४ विन्दुमा पुगेर बन्द भएको छ।

आज उतारचढाव बीच कारोबार बन्द हुँदा नेप्से १८ दशमलव ४३ अंकले बढेको छ ।

आज उचारचढाव भइरहदा नेप्से अधिकतम १ हजार ९ सय २७ विन्दु सम्म पुगेको थियो। सेन्सेटिभ परिसूचक पनि २ दशमलव ८५ अंकले बढेर ३ सय ६५ दशमलव १८ अंकमा बन्द भएको छ । कारोबार रकमले पनि अहिलेसम्मकै नयाँ कीर्तिमान कायम गरेको छ।

दिनभर २ सय १ कम्पनीको ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँको १ करोड ७१ लख ८८ हजार ९९ कित्ता शेयर खरिद विक्री भएको छ।

अहिले सेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकोले लगानीकर्ताले लगानी बढाउँदै गएका छन्। त्यसैले बजारमा सेयरको माग बढेको छ भने परिसूचक र कारोबार रकमले नयाँ उचाई चुम्दै गएका छन्।

बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु, कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निस्कनु र कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम बढ्नुले लगानीकर्ताको मनोबल उच्च भएको देखिन्छ । त्यसैले पनि बजारमा परिसूचकहरुले नयाँ रेकर्ड बनाउँदै जाने विश्वास गरिएको छ।

बिहीबारको बजारमा तिब्र उतारचढाव हुँदा केही समूहमा मात्रै वृद्धि देखिएको छ । बैंकिङ समूह २ दशमलव ७ प्रतिशत, जलविद्युत समूह शून्य दशमलव ४६ प्रतिशत, अन्य समूह १ दशमलव २ प्रतिशत र म्युचुअल फण्ड समूह शुन्य दशमलव ६२ प्रतिशतले बढेको छ।

बाँकी सबै समूह घटेका छन् । व्यापार समूह ५ दशमलव ३३ प्रतिशत, होटल समूह २ दशमलव १ प्रतिशत, विकास बैंक समूह शुन्य दशमलव ३९ प्रतिशत, वित्त समूह शुन्य दशमलव ६५ प्रतिशत, निर्जीवन बीमा समूह १ दशमलव ६७ प्रतिशत, लघुवित्त समूह शुन्य दशमलव ५८ प्रतिशत र जीवन बीमा समूह १ दशमलव २१ प्रतिशतले घटेका छन् ।

आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यो कम्पनीको ५८ करोड १३ लाख १७ हजार १ सय ७८ रुपैयाँको कारोबार भएको छ। यस्तै नबिल बैंकको ३८ करोड ३४ लाख ४१ हजार रुपैयाँ बढीको कारोबार भएकोछ । २० करोड भन्दा माथि कारोबार हुने कम्पनीहरुमा शिवम सिमेन्ट, नेपाल दूरसञ्चार कम्पनी, नेपाल बैंक, प्रभु बैंक, हिमालयन डिस्टिलरी, र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ।

 

बजारमा सबैभन्दा धेरै एनएमबि माइक्रोफाइनान्सका सेयरधनीले १० प्रतिशतले कमाएका छन्। ९ प्रतिशत भन्दा धेरै कमाउनेमा पाचथर पावर कम्पनी, हिमायल उर्जा विकास कम्पनी, आखुखोला जलविद्युत कम्पनीलगायतका कम्पनीका सेयरधनी रहेका छन्। बजारमा तीव्र उतारचढाव हुँदा सबैभन्दा धेरै गुमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेशनका सेयरधनीले गुमाएका छन्।

यो कम्पनीको सेयर मूल्य आज ६ दशमलव १८ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .