ad ad

कारोबार


हुम्लाको सिमिकोट विमानस्थललाई पर्यटकीय हब बनाउँछौँ : पर्यटनमन्त्री भट्टराई

हुम्लाको सिमिकोट विमानस्थललाई पर्यटकीय हब बनाउँछौँ : पर्यटनमन्त्री भट्टराई

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ७:११,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हुम्लाको सिमिकोट विमानस्थललाई पर्यटकीय हबको रुपमा विकास गर्ने बताएका छन्।

मंगलबार हुम्लाको सिमिकोट विमानस्थल निरीक्षण गर्दै मन्त्री भट्टराईले मानसरोवर जाने मुख्य ढोका हुम्ला भएकोले धार्मिक तथा साँस्कृतिक हबको रुपमा विकास गर्नुपर्ने बताएका हुन्।

मन्त्री भट्टराईले पर्यटनको हिसाबले पूर्वको लुक्लाजति नै पर्यटक सिमिकोटमा आउने बताउँदै धार्मिक साँस्कृतिक पर्यटनलाई लक्षित गरी विमानस्थल विस्तार गरिने बताए।

‘यहाँको संस्कृति विशिष्ट प्रकृतिको छ, त्यसैले साँस्कृतिक पर्यटन प्रवर्द्धन गर्न आवश्यक छ,’ भट्टराईले भने ‘पर्यटन विविधतालाई ध्यान दिदै हुम्लाको गुरुयोजना बनाएर पूर्वाधारको विकास गर्नुपर्छ।’

उनले हुम्लाको पर्यटन क्षेत्रको विकासको लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। मन्त्री भट्टराईले सिमिकोट विमानस्थलमा निर्माण भइरहेको एप्रोन, पार्किङलगायतका काम चाँडो सक्न निर्देशन समेत दिए।

No description available.

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री भट्टराईले नेकपाभित्र अन्तर्विरोध मात्रै भएको बताउँदै कुनै पनि हालतमा पार्टी नफुट्ने दाबी गरे।

सांसद छक्कबहादुर लामाले सिमिकोट एयरपोर्टमा ४५ सिटे जहाज बस्नसक्ने गरी विमानस्थलको विस्तार गर्न मन्त्री भट्टराईसँग आग्रह गरे।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले राष्ट्रिय सडक सञ्जालमा नजोडिँदा सुत्केरी तथा बिरामी समस्यामा परेको साथै टेलिफोनको समस्या रहेको मन्त्री भट्टराईलाई जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .