ad ad

समाज


सिरहाको गोलबजारका दुई कपडा पसलमा आगलागी, दुई करोडको क्षति

सिरहाको गोलबजारका दुई कपडा पसलमा आगलागी, दुई करोडको क्षति

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ७:४,

सिरहाको गोलबजार नगरपालिका– ४ का दुई कपडा पसलमा मंगलबार बिहान आगलागी हुँदा करिब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ।

गोलबजारस्थित कञ्चन वस्त्रालय र किसन ट्रेडर्स एन्ड सप्लायर्समा आगलागी हुँदा नगद रु ५० हजारसहित कपडा जलेर नष्ट भएको छ।

आगलागीबाट सँगै रहेका दुई कपडा पसलमा रहेका कपडालगायत सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

पसलका सबै सटर बन्द थिए। विद्युत् चुहावट भइ आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

गोलबजार, मिर्चैया र लहान नगरपालिकाका वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीका प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक राईले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .