ad ad

कारोबार


कर्मचारी सञ्चय कोषका ऋणीले एनआईसी एसिया बैंकको जुनसुकै शाखाबाट किस्ता भुक्तानी गर्नसक्ने

कर्मचारी सञ्चय कोषका ऋणीले एनआईसी एसिया बैंकको जुनसुकै शाखाबाट किस्ता भुक्तानी गर्नसक्ने

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार १०:४३,

एनआईसी एसिया बैंकको जुनसुकै शाखामार्फत कर्मचारी सञ्चय कोषका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका छन्।

यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी यस बैंकका शाखाबाट सहज रुपमा गर्न सकिने बैंकले जनाएको छ।

कोषका ऋणीहरूले आफुलाई पायक पर्ने यस बैंकको शाखा पुगी ‘कर्मचारी सञ्चय कोष कर्जा चुक्ता भौचर’ मा आफुले भुक्तानी गर्न लागेको कर्जाको प्रकारमा चिन्ह लगाई यस बैंकमा रहेको खातामार्फत ऋण भुक्तानी गर्न आवेदन दिएअनुसार बैंकका कर्मचारीले कर्मचारी सञ्चय कोषलाई भुक्तानी गर्ने व्यवस्था रहेको छ।

बैंकले यसअघि नै नेपाल क्लियरिङ्ग हाउस लि.सँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिईरहनुभएका ऋणीहरूलाई सुविधाको निमित्त वहाँहरूले उपभोग गर्नुभएको कर्जाबमोजिमको किस्ता रकम कनेक्ट आईपीएसको एप तथा वेबसाइटबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याइसकेको छ ।

बैंकको ३३३ शाखा कार्यालयहरू, ४७० एटीएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखारहित बैंकिङ्ग सेवा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .