ad ad

कारोबार


बर्जर पेन्ट्स नेपालको होम सील्ड वाटरप्रुफिङ उत्पादनहरु अब नेपाली बजारमा

बर्जर पेन्ट्स नेपालको होम सील्ड वाटरप्रुफिङ उत्पादनहरु अब नेपाली बजारमा

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार १५:१४,

नेपालमा विगत २ दशकदेखि सजावट सम्बन्धी रंगहरु उत्पादन गर्दै आएको बर्जर पेन्टस् यसको नविनतम् उत्पादन तथा सेवाहरुका साथ नेपालमा प्राविधिक अग्रताको स्थानमा रहेको छ।

यस कम्पनीका प्रख्यात ब्राण्डहरु जस्तै वेदर कोट लङ्ग लाइफ, वेदर कोट अल गार्ड, सिल्क ग्लायमर, सिल्क ब्रेथ इजि उपभोक्ताहरुमाझ अत्यन्त लोकप्रिय छन्।

हालैमात्र सबै प्रकारका वाटरप्रुफिङ सम्बद्ध समस्याहरुलाई निराकरण गर्न यस कम्पनीले होम सील्ड डिभिजन अन्तर्गत सम्पूर्ण वाटरप्रुफिङ्ग उत्पादनहरु बजारमा उपलब्ध गराएको छ।

हाल, बर्जर बिक्री स्थलहरुमा पियु कोट, ड्याम्प सील्ड इलास्टो, एडभान्स्ड लेटेक्स प्लस, सिमेन्टमिक्स प्लस र टायल क्लिनर उत्पादनहरु उपलब्ध रहेका छन्। कम्पनीले आगामी केही महिनाभित्रमै होम सील्ड ब्राण्ड अन्तर्गत केही नयाँ उत्पादनहरु उपलब्ध गराउने योजना बनाएको छ। यी उत्पादनहरु नयाँ निर्माण तथा पुराना मर्मत कार्यमा समेत प्रयोग गर्न मिल्दछ।

पियु कोट पोलियुरेथेनमा आधारित एक वातावरण–मैत्री घोलको वाटरप्रुफिङ्ग समिश्रण हो। सिमेन्ट लगाइएका सतहहरुमा अधिक तन्काई र युभि प्रतिरक्षक झिल्ली निर्माण गरी यसले पानीलाई भित्र पस्नबाट रोक्दछ, ओस लाग्न दिँदैन र संरचनालाई प्रतिकूल मौसमी अवस्थाहरुबाट संरक्षण गरेर थप हानी हुनबाट रोक्दछ।

यो उत्पादनमा १० वर्षे कार्यक्षमताका आधारमा वारेन्टी दिइएको छ। अर्को उत्पादन ड्याम्प सील्ड इलास्टो एक पोलियुरेथेन परिमार्जित इलास्टोमेरिक घोल पदार्थ प्रयोग गरिएको वाटरप्रुफिङ्ग झिल्ली हो, जुन ६ वर्षे कार्यक्षमताको वारेन्टीसहित सिन्थेटिक फाइबरसँग मिसाइएको छ।

यी ब्राण्डहरु जल विकर्षक गुणहरु, मजबुत टँसाई, अधिकतम तन्काई (३५० प्रतिशत सम्म) र २ मिमिसम्मका चर्केको सतहलाई छोप्ने विशेषताहरुका साथ उपलब्ध छन्।

कम्पनीका प्रमुख संचालन अधिकृत सत्य प्रकाशले भने, ‘छत र भित्ताहरुको सुरक्षा नगरी त्यत्तिकै छाडिदिँदा त्यसबाट चर्किने, पानी रसाउने, र ओस लाग्ने जस्ता समस्याहरु आउँछन भन्ने तथ्यबाट उपभोक्ताहरु अन्जान भएको कारण त्यसले भविष्यमा गएर वाटरप्रुफिङ एक ठूलो समस्या बन्न जान्छ र उपभोक्ताहरुले सामना गरेको यसप्रकारका समस्याहरुको निराकरण गर्न अब बर्जर होम सील्डका यी उत्पादनहरु उपयोगी हुनेछन्।’

कम्पनीले १० वर्षसम्मको लागि पानी रसाउने सम्बन्धी यस्ता समस्याहरुबाट घर र संरचनाहरु सुरक्षित हुने दावी गरेको छ। बर्जर होम सील्ड डिभिजनको प्रस्तुती कम्पनीको नवीनतम खोज र उपभोक्ताहरुलाई आफ्नो घरको सुन्दरता बढाउनमात्र नभई ती घरलाई लामो समयसम्म सुरक्षित राख्ने प्रतिबद्धताको निरन्तरता पनि हो। थप जानकारीका लागि ग्राहकहरुले बर्जर पेन्ट्स नेपालको आधिकारीक वेब साइट र फेसबुक पेज हेर्न सक्नु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .