ad ad

राजनीति


एआईजी हरि पालको महानगरीय प्रहरी कार्यालय रानीपोखरी सरुवा

एआईजी हरि पालको महानगरीय प्रहरी कार्यालय रानीपोखरी सरुवा

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार १५:२९,

सरकारले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रहरी अतिरिक्त महानरीक्षक हरिबहादुर पालको सरुवा गरेको छ।

बिहीबार बसेको मन्त्री परिषद् बैठकले एआईजी पाललाई रानीपोखरी सरुवा गर्ने निर्णय गरेको हो।

बिहीबार नै बढुवा भएर एआईजी बनेका विश्वराज पोख्रेललाई पालको स्थान कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन गर्दै पाललाई महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी दिएको हो।

पोख्रेल डीआईजी हुँदा महानगरीय प्रहरी कार्यालयमा कार्यरत् छन्।

अब एआईजीको दज्र्यानी चिन्ह लगाएपछि पोख्रेल प्रहरी प्रधान कार्यालयमा जाने छन्।

सरकारले मंसिर ३ गते एक एआईजीको दरबन्दी थप गर्दै महानगरीय प्रहरी कार्यालयमा नयाँ दरबन्दी रहने निर्णय गरेको थियो।

अब महानगरीय प्रहरी कार्यालयमा एआईजीको नेतृत्व हुनेछ। जस अन्तरगत विमानस्थल सुरक्षा, महानगरीय ट्राफिक महाशाखा, महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा र उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको जिम्मेवारी रहने छ।

यसअघि पालले डीआईजी हुँदा प्रदेश २ को प्रहरी प्रमुख र एआईजीमा कार्य तथा अपराध अनुसन्धान विभागमा रहेर काम गरिसकेका छन्।

एआईजी पाल प्रहरी महानिरीक्षक पदको समेत दाबेदार रहेपनि सरकारले शैलेश थापालाई आईजीपी बनाएको थियो।

यो पनि:
मिल्ने साथी आईजी भएकोमा आपत्ति हुने कुरै छैन : हरि पाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .