ad ad

कारोबार


बंगलादेशको प्रतिष्ठित कार्यक्रममा प्रवचन दिँदै विनाेद चौधरी

बंगलादेशको प्रतिष्ठित कार्यक्रममा प्रवचन दिँदै विनाेद चौधरी

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार १०:२०,

उद्यमी तथा सांसद विनोद चौधरीले बंगलादेशमा आयोजना हुने बंगलादेश विजनेस अवार्डमा मुख्य वक्ताको रुपमा सहभागी हुने भएका छन्।

बंगलादेशका सफल तथा प्रभावशाली व्यक्तिहरुलाई सम्मान गरिने सो कार्यक्रममा बंगलादेशका वाणिज्य मन्त्री टिपु मुन्सी प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन्।

सन् २००० देखि सुरु भएको सो प्रतिष्ठित कार्यक्रमको शनिबार १९औं संस्करण आयोजना हुन लागेको हो।

आउटस्ट्यान्डिङ वुमन इन विजनेस, विजनेस पर्सन अफ द इयर, बेष्ट फाइनान्सियल इन्स्टिट्युसन र इन्टरप्राइज अफ द इयर शिर्षक अन्तर्गत बंगलादेशका उत्कृष्ट व्यावसायीक व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिन्छ।

२४ देशमा ७९ ब्रान्डका १ सय ६९ कम्पनी रहेको नेपाली बहुराष्ट्रिय कम्पनी सीजी कर्प ग्लोबलका अध्यक्ष रहेका चौधरी नेपालका सफल व्यवसायी मानिन्छन्।

अन्तर्राष्ट्रिय पत्रिका फोर्ब्सले चौधरीलाई नेपालको पहिलो अर्बपति (डलर) को रुपमा सूचिकृत गरेको थियो।

वाइवाइ चाउचाउलाई एक चर्चित अन्तर्राष्ट्रिय ब्रान्डको रुपमा स्थापित गर्न सफल चौधरीलाई नुडल किङको संज्ञा पनि दिने गरिन्छ।

प्रतिकूल अवस्थामा पनि कसरी व्यवसायलाई फस्टाउन सकिन्छ भन्ने विषयमा चौधरीले विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रवचन दिने गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .