ad ad

कारोबार


वायरबार्लेमार्फत इ–सेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा थप ६ वटा देशबाट सुरू

वायरबार्लेमार्फत इ–सेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा थप ६ वटा देशबाट सुरू

नेपालखबर
पुस ३, २०७७ शुक्रबार ६:१९,

इसेवामनि ट्रान्सफर र वायरबार्लेबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

यो सम्झौतासँगै अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, र हङकङमा रहेका नेपालीले वायरबार्लेबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इ–सेवा वालेटमा सहजै रकम पठाउन सकिने कम्पनीले जनाएको छ।

नगदमा पठाइएको रकम इ–सेवा मनि ट्रान्स्फरका नेपालभर रहेका आठ हजारभन्दा धेरै एजेन्टमार्फत रकम प्राप्त गर्न सकिन्छ। यस्तै रकम सिधै इसेवा वालेटमा प्राप्त गर्न सकिन्छ भने बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ।

वायरबार्ले एउटा फिनटेक स्टार्ट अप कम्पनी हो, जसले एशिया प्रशांत क्षेत्रमा मोबाइल÷अनलाइन रेमिट्यान्स् सेवा प्रदान गर्दछ । वायरबार्ले अस्ट्रेलियाको पहिलो र अग्रणी कम्पनीहो र यसको सेवा अस्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, क्यानाडा, न्युजिल्यान्ड र हङकङमा रहेको छ। यस कम्पनीले छिट्टै नै जापान, फिलिपिन्सलगायतका मुलुकमा सेवा विस्तार गर्दै छ।

इ–सेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्पmत नेपालमा सेवा प्रदान गर्दै आइरहेको छ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउदा सुरक्षित, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर प्राप्त गर्नुका साथै समयको बचत गर्न सहयोग मिलेको छ।

इ–सेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवामनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .