ad ad

कारोबार


विदेशमा मृत्यु भएका ७ नेपालीको परिवारलाई आईएमई भरोसा कोषको रकम प्रदान

विदेशमा मृत्यु भएका ७ नेपालीको परिवारलाई आईएमई भरोसा कोषको रकम प्रदान

नेपालखबर
पुस ३, २०७७ शुक्रबार १०:५६,

आईएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ।

शुक्रबार काठमाडौँमा आईएमई ग्रुपका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रुपमा रकम वितरण सुरु गरेका हुन्। कामदारको रुपमा विदेश पुगेका मृतकका परिवार मध्ये काठमाडौंमा उपलब्ध सात परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम हस्तान्तरण गरिएको छ।

आज सहयोग रकम पाउनेमा कोरोनाको कारण साउदी अरबमा मृत्यु भएका ५ जनाको परिवारले र बहराइन एक जना र कतारमा मृत्यु भएका एक जनाको व्यक्तिका परिवार छन्। सबैले प्रति परिवार ५० हजार रुपैयाँको दरले भरोसा कोषबाट रकम पाएका छन्।

चेक हस्तान्तरण गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले श्रमका लागि विदेश पुगेर उतै मृत्युवरण गरेका कामदारका परिवारको पीडालाई थोरै भएपनि कम गर्न कोषले पहल गरेको बताए। आइएमईले व्यवसाय र नाफा मात्र हेर्दैन नेपाली दाजुभाइको संकटको साथि पनि भएको अध्यक्ष ढकालले बताए।

आईएमईले २०७६ साल पुष १६ देखि २०७७ असोज ३० गते सम्म कोरोनको कारण विदेशमा मृत्यु भएका परिवारलाई आवेदन दिन आह्वान गरेको थियो। यस अवधिमा कुल ८१ वटा आवेदन परेको थियो। आगामी पुष मसान्त भित्र सबै परिवारलाई सहयोग रकम हस्तान्तरण गरिने आइएमई ग्रुपले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .