ad ad

कारोबार


देशमा विकसित राजनीतिक घटनाक्रमको असर सेयरबजारमा, कारोबारको तेस्रो घण्टामा ३ प्रतिशत बढीले घट्याे सूचक

देशमा विकसित राजनीतिक घटनाक्रमको असर सेयरबजारमा, कारोबारको तेस्रो घण्टामा ३ प्रतिशत बढीले घट्याे सूचक

नेपालखबर
पुस ५, २०७७ आइतबार ८:९,

देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको असर सेयरबजारमा पनि देखिएको छ।

साताको पहिलो दिन खुलेको सेयरबजार संसद् विघटनको सिफारिससँगै पहिलो घण्टा ह्वात्तै घटेर पुनः सम्हालिन खोजे पनि निरन्तर ओरालो लागिरहेको हो।

तेस्रो घण्टाको कारोबार (१ः५० बजेसम्म) चलिरहँदा बजार परिसूचक नेप्से ६६.३२ अंकले अर्थात् ३.२६ प्रतिशतले घटिसकेको छ। यद्यपि कारोबार रकम भने ५ अर्ब ३२ करोड पुगेको छ। यो अवधिसम्म १ सय ९६ कम्पनीको ८३ लाख कित्ता सेयर बिक्री भएका छन्।

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आइतबार बिहानै मन्त्रिपरिषदको आकस्मिक बैठक बसी प्रतिनिधिसभा विघटनको लागि सिफारिस गर्ने निर्णय गरेको हो। सेयरबजारमा त्यसैको असर देखिएको हो।

कुल ११ समूहमध्ये सुरुवाती कारोबारमा उत्पादनलगायत केहीको सूचक हरियो रहे पनि तेस्रो घण्टासम्म आइपुग्दा सबै समूहको सूचक रातो भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .