ad ad

कारोबार


अब माछापुच्छ्रे बैंकबाट जेसीबीको सहज फाइनान्सिङ

अब माछापुच्छ्रे बैंकबाट जेसीबीको सहज फाइनान्सिङ

नेपालखबर
पुस ५, २०७७ आइतबार १३:६,

नेपालका लागि जेसीबी निर्माण तथा हेभी उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर सहज फाइनान्सिङका लागि माछापुच्छ्रे बैंक लिमिटेडसँग सहमति गरेको छ।

एमएडब्लु अर्थमुभर्सको तर्फबाट अध्यक्ष विष्णु कुमार अग्रवाल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

‘हामीलाई विश्वास छ यो सहमतिले हाम्रा ग्राहकलाई सहज फाइनान्सिङमा सहयोग गर्ने विश्वास हामीले लिएका छौं। नेपालभर माछापुच्छ्रे बैंकका १६० वटा शाखाहरु छन्। यसले निर्माण कार्यमा संलग्न देशभरका ग्राहकलाई जेसीबीको फाइनान्सिङ गर्न सहज गर्ने छ’ एमएडब्लु अर्थमुभर्सका भाइस प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अधिकृत गोपाल कुमार अग्रवालले भने, ‘अहिलेसम्म हामीले ७ वटा बैंक तथा वित्तिय संस्थासँग सम्झौता गरिसकेका छौं।’

त्यसैगरी, एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले जेसीबीको केन्द्रमा सधैँ आफ्नो ग्राहकवर्ग रहने बताए।

‘यो नयाँ सम्झौताले हाम्रा आदरणीय ग्राहकलाई सहज बनाउनुका साथै देश विकासमा पनि मद्दत पुर्‍याउनेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘हामी हेभी उपकरणको क्षेत्रमा विश्वासिलो ब्रान्ड हौं र त्यसैले त नेपालको अर्थमुभिङ तथा निर्माण उपकरणमा हाम्रो बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .