ad ad

कारोबार


लिभोन ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ अन्तर्गत सुजिताले जितिन् स्कुटर

लिभोन ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ अन्तर्गत सुजिताले जितिन् स्कुटर

नेपालखबर
पुस १२, २०७७ आइतबार १५:४९,

मेरिकोको एक स्थापित ब्राण्ड लिभोन केश स्याहारको दायरामा विविध उत्पादनहरु निर्माण गर्न सफल ब्राण्ड हो र यसले प्रि–वास (क्रिम आयल), इन–वास (स्याम्पू, कण्डिसनर) र पोस्ट–वास (सिरम) जस्ता विभिन्न प्रकारका उत्पादनहरु बजारमा उपलब्ध गराएको छ।

लिभोन नेपालले चिरपरिचित डिपार्टमेन्ट स्टोर भाटभटेनीसँगको सहकार्यमा ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ उपभोक्ता योजना सञ्चालन गर्दै आइरहेको थियो। यस योजना अन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनको स्याम्पू अथवा कण्डिसनरहरु खरीद गर्ने ग्राहकहरु मध्ये एक भाग्यशाली ग्राहकले प्रत्येक महिना यामाहा फसिनो १२५ एफ१ स्कूटी उपहार पाउँदै आएका थिए।

लिभोनले ५ महिनासम्म चलाएको ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ अभियानको अवधिभरि निकै धेरै उत्साहाजनक सहभागिता पाएको थियो र लिभोनका उपभोक्ताहरूले पनि यस योजनामा ठूलो चासो देखाएका थिए। आफ्नो अन्तिम विजेता सहित, लिभोनले यस प्रतियोगिताको माध्यमबाट कुल ४ यामाहा फासिनो १२५ एफ१ स्कूटरहरू प्रदान गरिसकेको छ।

लिभोनले आफ्नो अभियान साझेदारहरु– भटभटेनी सुपरमार्केट र यामाहा नेपालबाट पनि अधिकतम समर्थन प्राप्त गरेको छ।

कलंकी भटभटेनीमा आयोजित अन्तिम विजेता घोषणा समारोहमा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ उपस्थित थिइन्। सो कार्यक्रममा उपस्थित दर्शक तथा ग्राहकहरुमाझ मिस नेपाल नम्रता श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अँकित कुपनहरुमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरेकी थिइन्।

जस अनुसार यस ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ शृंखलाको अन्तिम यामाहा फेसिनो १२५ स्कुटर एफ१ विजेता बनेकी छन्, काठमाडौं निवासी कुपन नं ९५२० सहित सुजिता थापा मगर।

लिभोन स्याम्पू र कण्डिसनरहरु विशेष गरेर नेपाली उपभोक्ताहरुलाई मध्यनजर राखेर तयार पारिएका छन्। सल्फेट र पाराबेनमुक्त फर्मुलेसनका यी उत्पादनहरु नेपालभर अन्य उत्पादनहरु क्रिम आयल र सिरमका साथ अत्यन्त सुलभ मूल्यमा स्वाबलम्वी, महत्वाकाँक्षी र स्टाइल–प्रेमी महिलाहरुका लागि उपलब्ध छन्। लिभोनका नयाँ केश स्याहार उत्पादनहरु आफ्ना उपभोक्ताहरुलाई ‘गूड हेयर डे, एभ्री डे’ प्रदान गर्न प्रतिबद्ध छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .