ad ad

कारोबार


प्रभु बैंकद्वारा जिल्ला अस्पताल ईलामलाई आर्थिक सहयोग

प्रभु बैंकद्वारा जिल्ला अस्पताल ईलामलाई आर्थिक सहयोग

नेपालखबर
पुस २१, २०७७ मंगलबार १२:४७,

प्रभु बैंक लिमिटेडले जिल्ला अस्पताल ईलामलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

बैंकको ईलाम शाखा कार्यालयले आफ्नाे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरिद गरी जडान गर्नको लागि अस्पताललाई सहयोग गरेको बैंकले जनाएको छ।

एक समारोहबीच बैंककाे ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले अस्पतालका मे.सु. डा. प्रभु शाहलाई सहयोग स्वरुप पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे।

कार्यक्रममा ईलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होमबहादुर बस्नेत, ईलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य ईन्दिरा राई, समाजसेवी हिमाल कर्मचार्य र समाजसेवी रतनकुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो।

प्रभु बैंक लि. को आर्थिक सहयोगमा ईलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट उक्त अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने विरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने छन् भन्ने बैंकले विश्वास लिएको छ।

साथै, प्रभु बैंकले समाजपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .