ad ad

कारोबार


प्रभु बैंक र फोन पेको सहकार्यमा कालीमाटी बजारमा क्यूआर कोडबाटै भुक्तानी सेवा सुरु

प्रभु बैंक र फोन पेको सहकार्यमा कालीमाटी बजारमा क्यूआर कोडबाटै भुक्तानी सेवा सुरु

नेपालखबर
पुस २४, २०७७ शुक्रबार १०:४१,

प्रभु बैंकले फोन पेसँगको सहकार्यमा काठमाडौंस्थित कालीमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ।

नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि यो सेवा सुरु गरिएको हो। सेवा सुरु समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालीमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यूआर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको उद्घाटन गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि गभर्नर अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ जोड्दै प्रभु बैंक र फोन पेको संयुक्त पहलमा फलफूल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नुपर्ने झण्झट हटेकोे बताए।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुलाई समयसापेक्ष नवीनतम बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको बताए।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले प्रभु बैंकको विश्वसनीय एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरिरहेको अवस्थामा कृषक तथा कृषिजन्य उपजहरु खरिद विक्रीमा सहभागी व्यवसायी तथा उपभोक्ताहरुले अब क्यूआर कोड सेवाबाट अझै सहज रुपमा झण्झटमुक्त कारोबार गर्न पाउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .