ad ad

कारोबार


आईएमई लाइफको ब्राण्ड एम्बासडरमा मनीषा कोइराला

आईएमई लाइफको ब्राण्ड एम्बासडरमा मनीषा कोइराला

नेपालखबर
पुस २७, २०७७ सोमबार ११:२७,

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा देश तथा विदेशमा ख्याति प्राप्त नेपाली सेलिब्रेटी नायिका मनीषा कोइराला नियुक्त भएकी छिन्।

यस सँगै अब कोइराला आईएमई लाइफ जीवन बीमाको ब्राण्ड दूतको भुमिकामा रहने छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनीषा कोइरालाले हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

अग्रणी एवम् जीवन्त सेलिब्रेटी कोइरालाले आईएमई लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने छन्। हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै नायिका कोइरालाले मानब जगतमा जीवन बीमाको निक्कै ठूलो महत्त्व रहेको औंल्याउँदै नेपाली जनताहरुलाई आर्थिक सुरक्षा प्रदान गरि देशैभरि छरिएर रहेको पुँजीलाई ए्कीकृत गरि राष्ट्र निर्माणमा टेवा पुर्‍याउने अवधारण बोकेको आईएमई लाइफसँग साझेदारी गर्न पाउँदा खुसी रहेको बताए। साथै, कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कोइरालासँगको सहकार्य घोषणा गर्दै आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले भने, ‘मनीषा कोइरालासँग सहकार्य गर्न पाउँदा हामी धेरै उत्साहित छौं। उहाँ दृढ विश्वासी, क्षमतावान, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी, सरल, आत्मविश्वासले भरिएको तथा हरेक नेपालीका लागि आदर्श हुनुहुन्छ, जुन यो सहकार्यको भित्री अभिप्राय हो। आईएमई लाइफ परिवारमा उहाँलाई स्वागत गर्न पाउँदा हामी खुसी छौं।’

देश भरका जनताहरुमा जीवन बीमाको बारेमा जागरुकताका साथै कम्पनीको ब्राण्ड निर्माण गर्न र ग्राहकहरुको विश्वास लिन सहयोग पुर्‍याउने कुरा कम्पनीले जनाएको छ। कम्पनीले यो सम्झौता २०७७ पौष २४ गतेबाट लागू हुनेगरी हस्ताक्षर गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिएका छन्।

त्यसैगरि डिजिटल प्रविधि मार्फत सेवा उपलब्ध गर्ने क्रममा सोही मितिबाट ‘आईएमइ साथ बोट’ नामबाट विश्वका कुनैपनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमा जानकारी लिनसक्ने र अनुरोध समेत पठाउन सकिने गरि निर्माण गरिएको च्याटबोट प्रणालिको औपचारिक रुपमा संचालनमा ल्याएको फुयाँलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .