ad ad

कारोबार


कोरोनाविरुद्ध खोपको जाँचपास फास्ट ट्र्याकबाट : भन्सार विभाग

कोरोनाविरुद्ध खोपको जाँचपास फास्ट ट्र्याकबाट : भन्सार विभाग

नेपालखबर
माघ ७, २०७७ बुधबार १५:४५,

भन्सार विभागले कोराेनाविरुद्धका खोप तथा सामाग्री जाँचपासमा फास्ट ट्र्याक विधि अपनाउने भएको छ।

भन्सार नाकामा छुट्टै संयन्त्र बनाई विभागले काेराेनाविरुद्ध खाेप आयातका लागि द्रुत गतिमा जाँचपासकाे व्यवस्था गर्ने जानाकरी दिएको हो।

जनअनुसार विभागमा तत्काल समस्या समाधान गर्न कार्यदल रहनेछ। खोप पैठारीपूर्व नै कागजात उपलब्ध भएमा खडा भएको एकाइमार्फत जाँचपासपूर्वको प्रक्रिया मिलाइने छ।

पैठारीका कागजातमा खोपको परिमाण तथा मूल्य नखुलेको पाइएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी जाँचपास गरिने विभागले जनाएको छ।

पैठारीकर्ताले औषधि व्यवसाय भागबाट प्राप्त गरेको खोप अनुमतिको प्रमाणपत्रसहित पैठारीसम्बन्धी पेस भएका कागजातका आधारमा शीघ्र जाँचपासको व्यवस्था मिलाइने छ। यसका लागि गेट वा काउन्टरबाटै चाँडाे जाँचपास गरिनेछ।

गुणस्तरीय खोप सामग्रीको पैठारी सुनिश्चित गर्न तोकिएका नाकाबाट मात्र जाँचपास गरिनेछ।

सार्वजनिक बिदाका दिनसमेत यस्ता मालवस्तुको जाँचपासलाई पहिलो प्राथमिकता दिइनेछ।

यस्तै पुन: प्रयोग गर्न सकिने कोल्डचेन उपकरण, कन्टेनर तथा बक्सलाई पैठारीकर्ताले फिर्ता लैजाने गरी पैठारी गर्न चाहेमा कानुनबमोजिम पैठारी गर्न दिइनेछ।

याे पनि :  भारतबाट भोलि आउने खोप यसरी लगाइनेछ देशैभर एकैसाथ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .