नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ भर्ने सबैले पाएका छन्।
बैंकको आईपीओका लागि दिइएकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन स्वीकृत भएको थियो। यीमध्ये ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्तासमेत गरी ६० कित्ता र बाँकीले ५० कित्ता पाएको बिक्रीप्रबन्धक एनआईबीएल एस क्यापिटल्सले जनाएको छ।
आईपीओका लागि आवेदन दिनेमध्ये ६ हजार २ सय ७६ वटा आवेदन रद्द भएका छन्।
बैंकले ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारी र ४ लाख कित्ता म्यूचअल फण्डका लागि छुट्याउँदै बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता आईपीओ बिक्रीको आह्वान गरेको थियो।
इतिहासकै ठूलो परिमाणको आईपीओका लागि १५ लाख २९ हजार ४ सय ६० जनाले आवेदन दिएका थिए।
जम्मा २० अर्ब चुक्ता पुँजी रहेको यस बैंकको १२ अर्ब संस्थापकहरुबाट चुक्ता भइसकेको छ भने बाँकी रकम यही निष्काशनबाट चुक्ता हुनेछ।
3
Shares
प्रतिक्रिया