ad ad

समाज


राष्ट्रसंघका महासचिव भन्छन्ः भारतको खोप उत्पादन क्षमता विश्वकै लागि एक ‘उत्कृष्ट सम्पत्ति’

राष्ट्रसंघका महासचिव भन्छन्ः भारतको खोप उत्पादन क्षमता विश्वकै लागि एक ‘उत्कृष्ट सम्पत्ति’

नेपालखबर
माघ १६, २०७७ शुक्रबार ५:३६,

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुयटेरेसले कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने भारतको क्षमतालाई हाल भएको विश्वकै एउटा ‘उत्कृष्ट सम्पत्ति’ बताएका छन्।

उनले भारतलाई यस अभियानमा प्रमुख भूमिका निर्वाह गर्न पनि आह्वान गरेका छन्।

अमेरिकी शहर न्यू योर्कमा पत्रकारसँग कुरा गर्दै उनले सो टिप्पणी गरेका हुन्।

‘भारतले आफैले विकास गरेको भ्याक्सिन निकै ठूलो मात्रामा उत्पादन गरिरहेको छ,’ उनले भने, ‘त्यसका लागि हामी भारतीय संस्थाहरुसँग सम्पर्कमा पनि छौं।’

अहिले विश्वभर जारी खोप अभियानलाई सफल बनाउन भारतले आफ्ना सबै संयन्त्र परिचालन गर्नेछ भन्ने आफूलाई विश्वास रहेको उनको भनाइ छ।

‘भारतको उत्पादन क्षमता अहिले विश्वमा भएको उत्कृष्ट सम्पत्ति हो र यसको पूर्ण सदुपयोग गरिनुपर्छ भन्ने कुरा विश्वले नै बुझेको छ,’ उनले भने।

उनले कोभिड खोपमाथि सबैको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

भारतले छिमेकी मुलुकलाई ५५ लाखभन्दा बढि डोज खोप उपलब्ध गराइसकेको छ।

भारतको विदेश मन्त्रालयले भारतमा उत्पादित खोप अन्य देशहरुमा समेत उपलब्ध गराइने बताएको छ।

सो मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवका अनुसार भारतले अफ्रिकामा मात्र १ करोड डोज खोप उपलब्ध गराउने जानकारी गराए। त्यसैगरी उसले कोभ्याक्सअन्तर्गत रहेका राष्ट्रसंघीय निकायका स्वास्थ्यकर्मीका लागि १० लाख डोज उपलब्ध गराउने बताएको छ।

भारतले नेपाललाई १० लाख डोज, भुटानलाई डेढलाख, माल्दिभ्सलाई १ लाख, म्यान्मारलाई १५ लाख र श्रीलंकालाई ५ लाख डोज खोप उपलब्ध गराइसकेको छ।

उसले अन्य देशहरुलाई पनि खोप उपलब्ध गराइरहेको छ।

श्रीवास्तवका अनुसार भारतले अब साउदी अरब, दक्षिण अफ्रिका, क्यानडा, मंगोलिया र अन्य केहि मुलुकमा व्यापारिक तवरबाट उपलब्ध गराउन लागेको छ। –टाइम्स अफ इन्डिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .