ad ad

कारोबार


सामसुङको एस२१ सिरिज खरिद गर्न सानिमा बैंकले ल्यायो यस्तो सुविधा

सामसुङको एस२१ सिरिज खरिद गर्न सानिमा बैंकले ल्यायो यस्तो सुविधा

नेपालखबर
माघ १८, २०७७ आइतबार १५:४४,

सानिमा बैंकले सामसुङको एस२१ सिरिज खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी (इएमआई) को व्यवस्था गरेको छ।

यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु, आईएमएस स्मार्ट प्रालि र हिम इलेक्ट्रोनिक प्रालिसँग सम्झौता गरेको छ।

ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुबिधाका साथै निःशुल्क ईएमआई प्रशासनिक शुल्क र सामसुङको तर्फबाट आकर्षक प्री‐बुकिङ उपहारहरुको पनि व्यवस्था गरिएको छ ।

सामसुङ एस२१ सिरिजको प्री‐बुकिङ सुरु भइसकेको छ र ग्राहकहरुका लागि २०७७ माघ २३ गतेबाट उपलब्ध हुने अपेक्षा गरिएको छ। ग्राहकहरुले आईएमएस स्मार्ट प्रालि र हिम इलेक्ट्रोनिक प्रालि (सामसुङ प्लाजाका विभिन्न आउटलेटबाट प्री‐बुकिङ गर्न सक्नेछन्।

सानिमा बैंकको क्रेडिट कार्ड अनलाइनबाट आवेदन दिनका लागि (लिंक) मा लग ईन गर्नुपर्नेछ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १५ विस्तारित काउन्टरर ८६ वटा एटीएम संचालनमा रहेका छन्। साथै, सानिमा बैंकको डेविट तथाक्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .