ad ad

कारोबार


नेपालको सबैभन्दा ठूलो सवस्टेसन उद्घाटन

नेपालको सबैभन्दा ठूलो सवस्टेसन उद्घाटन

शैलेन्द्र महतो
माघ १९, २०७७ सोमबार ७:७,

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्मको नेपालकै ठूलो क्षमताको ढल्केबर सबस्टेसन सोमबार उद्घाटन गरेका छन्।

प्रधानमन्त्री ओलीले नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण सम्पन्न नेपालको पहिलो ४०० केभी सवस्टेसन र विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार सरकार नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२०/१३२ केभी ढल्केबर सवस्टेसनको उद्घाटन गरेका हुन्।

यसबाट देशको पूर्व–पश्चिम र नेपाल–भारतबीच करिब हजार मेगावाट विद्युत प्रसारण गर्नसकिने बताइएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार सबस्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरेर आज सोमबार प्रधानमन्त्रीबाट उदघाटन गरिएको हो।

Dhalkebar substation udghatan 1

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले ढल्केबर सबस्टेसन हाल सञ्चालनमा रहेकामध्ये सबैभन्दा ठूलो भएको बताएका छन्। सबस्टेसन जीआईएस प्रविधियुक्त स्वचालित रहेको छ।

‘पूर्व–पश्चिम र ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन ढल्केबरमा चार्ज हुन्छ’, तिम्सिनाले भने, ‘४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् पनि ढल्केबरमा चार्ज हुन्छ।’

प्राधिकरणले सुख्खायाममा नेपालमा विद्युतको उत्पादन कम भएको अवस्थामा ढल्केबर स्टेसनमार्फत थप १०० मेगावाट विद्युत ल्याउन सहज हुने बताएको छ।

७ सय मेगावाटसम्म भारतबाट आयात गरिँदै आएकोमा आवश्यक परे ८ सय मेगावाटसम्म विद्युत आयात गर्न सकिने भएको हो।

dhalkebarsubstation

४५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिकरूपमा खपत हुन नसकेको विद्युत निर्यात गर्न पूर्वाधार तयार भएको प्राधिकरणले बताएको छ।

प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केबर–मुजफ्फपुर प्रसारणलाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप बिजुलीसमेत आयात गर्न सकिन्छ।

यस्तै ढल्केबर मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट थप १०० मेगावाट बिजुली दिन भारत सहमत भएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .