ad ad

कारोबार


धमाकेदार अफरको साथ क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा नाजिर हुसैन

धमाकेदार अफरको साथ क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा नाजिर हुसैन

नेपालखबर
फागुन ३, २०७७ सोमबार १३:५१,

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा अभिनेता नाजिर हुसैनलाई नियुक्त गरेको छ।

लोकप्रिय अभिनेता हुसैनसँगको सम्बन्धले कम्पनीले नयाँ उचाई प्राप्त गर्ने विश्वास गरेको छ।

कम्पनीले ब्राण्ड एम्बेस्डर नियुक्ति सँगै धमाकेदार अफर पनि सार्वजनिक गरेको छ। गुणस्तरय सेवा प्रवाह गरिहेको कम्पनीले सहज र उत्कृष्ट सेवा प्रवाह गर्दै आइरहेको छ।

ग्राहकहरूको मन जित्न सफल क्लासिक टेकले गुणस्तरीय सेवाको साथै ग्राहकहरूको फाइदा सुविधाका लागि विभिन्न समयमा अफर तथा प्याकेज हरूको घोषणा गर्दै आइरहेको छ।

उक्त अफर सम्पूर्ण नेपाली र नेपालकै लागि सबैभन्दा सस्तो र राम्रो रहेको कम्पनीको दावी छ। यस्तो उत्कृष्ट प्याकेज तथा अफरहरूले ग्राहक हरूलाई थप आर्थिक लाभ मिल्नेछ।

कम्पनीले नयाँ अफरमा रू.७९९ प्रति महिनामा २० एमबीपीएसको स्पिडको सेवा दिने भएको छ। जसमा ग्राहकले इन्टरनेट र आईपीटीभीको १५० ओटा च्यानलहरू निःशुल्क प्राप्त गर्नेछन्।

नयाँ नयाँ ठाउँमा क्लासिक सेन्टर खोल्दै सेवा दिँदै आएको कम्पनीले धेरै स–सानो वस्ती तथा गाउँमा पनि इन्टरनेट पुर्याउने हुनाले यो अफर अन्तर्गत ग्राहकहरूले विशेष लाभ लिन सक्नेछन्। सस्तो र २० एमबीपीएसमा उच्च स्पिड इन्टरनेटको प्याकेज निकालेको हो। यस अफर अन्तर्गत ग्राहकहरूले जुनै पनि प्याकेजमा अपग्रेड हुन पाउने छन्।

कम्पनीका प्रमुख मार्केटिङ अफिसर विनय कुमार अधिकारी भन्छन्, ‘यति सस्तो अर्थात ७९९ रुपैयाँमा २० एमबीपीएसको उच्च स्पिड इन्टरनेट सेवा नेपाल अधिराज्यभरीको सबै ग्राहकले उपयोग गर्न सक्नेछन्। अब क्लासिक टेकको इन्टरनेट हरेक घरमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .